तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

बिष्णु प्रसाद पोखरेल (शिक्षक नेपाल वेद बिध्याश्रम)

यमपञ्चकको पहिलो दिन कागको पूजा गरिन्छ। यम किङ्करका रुपमा लिइने कागलाई यमराजको दूत र सन्देश वाहकका रुपमा पूज्ने परम्परा वैदिक सनातन हिन्दू धर्मले अंगिकार गर्दै काग तिहार मार्फत समग्र पंक्षी प्रति सम्मान प्रकट गर्ने कार्य गर्दछ।

यति मात्र नभएर पितृहरूको उद्धारका लागि कागलाई काकबली समेत अर्पण गर्ने गरिन्छ।

सुर नर देखि भुसुना सम्म
प्रभुनै सबका घटमा टम्म।

भन्दै प्रकृतिका प्रत्येक घटकमा ईश्वरीय भाव देख्दछ, सम्मान गर्छ अनि पूज्दछ।

पहिले – पहिले सन्देश वहाकको कार्य  यिनै पन्छीले गर्दथे भने शकुन – अपशकुनको भाव  कागको बोलीका माध्यमबाट बुझिन्थ्यो।

काकस्य वचनं श्रुत्वा
गृहित्वा तृणमुत्तमम्। 

अंगुलीश्च समायोज्य 
पञ्चभिर्भागमाहरेत्।।

प्रभात कालिन समयमा कागको बोलीलाई आधार मानी त्यस दिनमा आईपर्ने राम्रा – नराम्रा कार्यका बारेमा सतर्कता अपनाउने गरिन्थ्यो।

आंगनीको डीलैमा काली कौआ बसेको
के सन्देश दिएर गयो बरिलै।

भन्ने खालका गीतले काग कागे पन्छी मात्र नभएर सूचना प्रवाह गर्ने दैवीदूत हो भन्ने आशय यी पंक्तिका माध्यमबाट प्रस्तुत हुनपुग्दछ। 

प्राकृतिक कुचको रुपमा सडेगलेको सीनो, फोहर जस्ता पदार्थलाई तहलगाई वातावरण सन्तुलनमा आफ्नो भूमिका निर्वाह गर्ने, चेष्टा / चतुर्याईंले युक्त काग लगायतका पंक्षी प्रति काग तिहारका माध्यमबाट उच्च सम्मान गर्ने पर्व हो काग तिहार।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …