तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले हालसम्म १०४ जना कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएका महिलालाई सफल प्रसूति तथा स्त्रीरोगको उपचार गरेको छ ।

अस्पतालका निर्देशक डा. सङ्गीता कौसल मिश्राले स्वास्थ्य सेवा तथा प्रसूतिका लागि अस्पताल आएका कोरोना पुष्टि भएका १०४ जनामध्ये २७ को सफल शल्यक्रियामार्फत र ४० जनालाई सामान्य हिसाबले प्रसूति सेवा दिइएको जानकारी दिनुभयो ।

त्यसैगरी ३७ जनामा स्त्रीरोगसम्बन्धी सेवा प्रदान गरिएको छ । प्रसूति तथा स्त्रीरोगलगायत सेवा लिन आएका सेवाग्राहीलाई कोरोना भाइरस पुष्टि भइहाले पनि सोही अस्पतालमै कोरोना उपचारसँगै अन्य आवश्यक सेवा प्रदान गर्न अस्पतालमै कोरोना परीक्षण ल्याब र अलग्गै आइसोलेसन भवनको व्यवस्था गरिएको निर्देशक मिश्राले जानकारी दिनुभयो ।

विश्वव्यापी महामारी कोरोना सङ्क्रमण नेपालमा पनि फैलिन थालेपछि सेवा लिन आएका बिरामीलाई अस्पतालमै सेवा प्रदान गर्ने लक्ष्यले अस्पताल भवनलाई आइसोलेन बनाइएको उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले अस्पतालमा नियमित गर्भवती जाँच गरिरहेकाबाहेक आकस्मिक सेवा लिन पुग्ने गर्भवतीलाई पहिला आइसोलेसनमा राखेर कोरोना परीक्षणपछि रिपोर्टका आधारमा मात्र सेवा प्रदान गरिँदै आएको छ ।गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …