तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणको काम धमाधम अघि बढेको छ । निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम अन्तिम चरणमा पु¥याएको जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लामो समयदेखि रोकिएको काम पुनः सुरु भएर अघि बढेको हो । निर्माण आयोजनाले सुरुङ खन्न आवश्यक पूर्वतयारीको काम तिहारअघि सकेर तिहारलगत्तै सुरुङ खन्ने काम अघि बढाउने तयारी भइरहेको जनाएको छ ।

आयोजना निर्माणका लागि वर्ष दिनअघि नै शिलान्यास गरिएको थियो । मुआब्जालगायतका विवादसँगै कोरोना भाइरस, लकडाउन, निषेधाज्ञालगायतका कारण निर्माण कार्य ढिलाइ हुन गएको हो ।

काठमाडौं उपत्यका भित्रने र बाहिरिने मुख्य नाकामा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का जापानी निर्माण संस्था हाज्मा÷एन्डो जेभीले पाएको छ ।

सुरुङमार्ग निर्माणका लागि सडक विभागले समन्वय गर्दै आएको छ । सुरुङमार्गको काम थाल्न निर्माण स्थलनजिकै कार्यालय स्थापना गर्ने, जनशक्ति व्यवस्थापनलगायतका काम यसअघि नै गरिएको थियो ।

उक्त ऋण ४० वर्षमा तिरिसक्नुपर्नेछ भने ब्याज शून्य दशमलव शून्य एक (०.०१) प्रतिशत रहेको छ । सुरुङमार्ग निर्माणको ठेक्का साढे २२ अर्ब रुपैयाँमा लगाइएको छ ।

सुरुङमार्ग निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत ४ कात्तिक २०७६ मा शिलान्यास गरेका थिए । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण र नेपाल सरकारको लगानीमा सुरुङमार्गको निर्माण कार्य अघि बढेको हो । सुरुङमार्ग निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग रहनेछ  । उक्त ऋण ४० वर्षमा तिरिसक्नुपर्नेछ भने ब्याज शून्य दशमलव शून्य एक (०.०१) प्रतिशत रहेको छ । सुरुङमार्ग निर्माणको ठेक्का साढे २२ अर्ब रुपैयाँमा लगाइएको छ । जसमा ६ अर्ब नेपाल सरकारको लगानी रहनेछ ।

सडक विभागको वैदेशिक समन्वय महाशाखा र जापानी कम्पनी हाज्मा÷एन्डो जेभीबीच गत असोजमा सम्झौता सम्पन्न भएको थियो । निर्माण कम्पनीले ४२ महिनामा सुरुङमार्ग निर्माण सम्पन्न गर्ने गरी निर्माणको जिम्मेवारी पाएको हो । सुरुङमार्ग निर्माणका लागि ६ वटा कम्पनीले टेन्डरमा सहभागिता जनाएका थिए । जसमा ५ वटा चिनियाँ कम्पनी थिए भने एउटा जापानी कम्पनी रहेको थियो ।

सुरुङमार्ग २.६ किमी लामो बन्नेछ । सुरुङमार्ग निर्माणपछि भने नागढुंगा–सिस्नेखोलाको दूरी सवा ३ किमिमा झर्नेछ । अहिले यो दूरी साढे ८ किमि रहेको छ ।

आयोजनाअन्तर्गत सुरुङमार्गसँगै गुर्जुधाराबाट पश्चिमतर्फ ६ सय मिटरको फ्लाइओभर पनि बनाउने योजना छ । उक्त फ्लाइओभर नेपालकै पहिलो हुने जनाइएको छ । राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …