तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ । काठमाडौँ र ललितपुर महानगरपालिका क्षेत्रभित्र कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

बाक्लो बस्तीले भौतिक दूरी कायम गर्न कठिन भएको तथा दशैँ लगायतका चाडपर्वको चहलपहल र प्रभावले बजारमा नागरिकको बाक्लो उपस्थिति हुुँदा कोरोना सङ्क्रमितको व्यवस्थापनमा चुनौती बढेको हो ।

“सङ्क्रमितलाई अहिलेसम्म आवश्यक सहयोग गर्ने काम गरिरहेका छाँैं”, ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले भन्नुभयो, “होम आइसोलेनमा बसेका केही सङ्क्रमित घरबाट बाहिर निस्कन थालेको सुनिएपछि उहाँहरूको उच्च निगरानी गर्ने कामसमेत गरेका छौँं । ” उहाँले चुुनौती थपिँदै गएकाले चाडबाडका लागि थप मापदण्ड ल्याउनुुपर्ने अवस्था आएको उहाँले बताउनुुभयो ।

ललितपुर र काठमाडौँ महानगरभित्र गरी दैनिक करिब एक हजार तीन सयदेखि एक हजार पाँच सयसम्म कोरोनाका सङ्क्रमित भेटिन थालेका छन् ।

सत्यालका अनुसार सङ्क्रमित बढ्दै गएपछि कुन घरमा कसलाई कोरोना लागेको छ भन्ने पनि छिमेकीलाई जानकारी नभएकाले छिमेकीले चाहेर पनि आवश्यक सहयोग गर्न सकेका छैनन् । ललितपुुर महानगरले लक्षण नदेखिएका कोरोनाका सङ्क्रमितलाई घरैमा होम आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

सत्यालले भन्नुभयो, “नागरिक आफैँ सचेत नभएसम्म जबरजस्ती गरेर कोरोना रोक्न सकिँदैन । ” अब स्थानीय सरकारले मात्र चाहेर कोरोना नियन्त्रण र रोकथाम गर्न सक्ने अवस्था नभएको सत्यालको ठम्याइ छ ।

उहाँका अनुसार सङ्क्रमितसँग आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी कुरा गर्दैमा कोरोना सर्दैन भन्ने कुरा अहिले स्थानीयवासीले क्रमिक रूपमा बुझ्दै गए पनि व्यवहारमा अझ कार्यान्वयन हुन सकेको छैन । एकले अर्कालाई दोष मात्र लगाएर कोरोना रोकथाम नहुने भएकाले सबैले मिलेर काम गर्नुको विकल्प नभएको उहाँ स्पष्ट पार्नुुहुन्छ ।

काठमाडौँमा सचेतना
काठमाडौँ महानगरले स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको टोली बनाएर टोलटोलमा सचेतना सुरु गरेको छ । कोरोना जोकोहीलाई हुन सक्ने भएकाले कोरोना लाग्दैमा आत्तिनुु नपर्ने र सङ्क्रमितलाई आवश्यक सहयोग गर्न आग्रह गर्दै महानगरपालिकाले टोलटोलमा सचेतना अगाडि बढाएको हो ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले कोरोना सङ्क्रमितलाई आवश्यक सहयोग गर्न महानगर नियमित रूपमा सङ्क्रमितसँग सम्पर्कमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमितलाई होम आइसोेलेसनमा बस्दा गाह्रोसारो परे जनप्रतिनिधिलाई खबर गर्न आग्रह गरिएको छ । त्यस्ता व्यक्तिलाई आवश्यक खाद्यान्न घरघरमा पु¥याउने काम गर्दै आएका छौँ । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …