तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं ।कोरोनाभाइरसको कहरका कारण हाल देशका विभिन्न जिल्लामा यातायातमा जोर बिजोर प्रणाली रहेको बेला  तनहुँमा पठन पाठनमा पनि जोरबिजोर प्रणाली लागू गरिएको छ । 

जिल्लाको म्याग्दे गाउँपालिकाले विद्यालयमा विद्यार्थीको भीडभाड कम गर्न जोर बिजोर प्रणाली लागु गरेको हो । एक सयदेखि दुई सय वा सो भन्दा बढी विद्यार्थी भएका विद्यालयमा जोर बिजोर प्रणाली मार्फत् पठनपाठन शुरु गराउन गाउँपालिकाले सबै विद्यालयलाई पत्राचार गरेको छ ।

धेरै विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई दिन बिराएर जोर दिन जोर कक्षा र बिजोर दिन बिजोर कक्षा सञ्चालन गर्न निर्देशन गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताए । उनका अनुसार एक सय जनासम्म विद्यार्थी रहेका विद्यालयमा भने बिहान र दिउँसो कक्षा सञ्चालन गराउन भनिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम पठनपाठन शुरु गराउने तयारी गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …