तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कञ्चनपुर — सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीबाट परीक्षा सुरु गरेको छ ।

पहिलो चरणमा शुक्रबार सिभिल इन्जिनियरिङ र कृषि विज्ञानका पहिलो र तेस्रो सेमेस्टरको परीक्षा सुरु भएको हो ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथका अनुसार पहिलो दिन इन्जिनियरिङका ८८ जना र कृषि विज्ञानका ९५ गरि १ सय ८३ विद्यार्थीले अनलाइनबाटै परीक्षा दिएका छन् । ‘दुवै संकायका सबै विद्यार्थी परीक्षामा सहभागी भएका छन्,’ परीक्षा नियन्त्रक नाथले भने, ‘सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका लागि यो ऐतिहासिक दिन हो ।

समय तालिका अनुसार परीक्षाका समय बिहान ९ देखि २ बजेसम्म तोकिएको छ । निर्धारित समयमा सबै विद्यार्थीले प्रश्नपत्र डाउनलोड गर्नेदेखि उत्तर लेखेर उत्तर पुस्तिकासमेत अपलोड गर्न सफल भएको परीक्षा नियन्त्रक नाथले बताए । उनका अनुसार प्रश्नपत्र विश्वविद्यालयले सबै विद्यार्थीको इमेलमा पठाएपछि विद्यार्थीले उक्त प्रश्नपत्र डाउनलोड गरेर उत्तर लेखेपश्चात उत्तरपुस्तिका स्क्यान गरी विश्वविद्यालयको इमेलमा अपलोड गरेका छन् ।

‘हामीले लामो समयदेखि रोकिएका पठनपाठनलाई अनलाइनबाटै सञ्चालन गरेका छाैं,’ विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले भने, ‘पठनपाठन पूरा भएका कक्षाहरुको परीक्षा गर्ने निर्णयमा पुगेका हौं ।’ उनले यसका लागि विगत एक/डेढ महिनादेखि तयारी गरिएको जानकारी दिए ।

शुक्रबारदेखि सुरु भएका परीक्षा असोज २४ मा सम्पन्न हुनेछन् । इन्जिनियरिङ र कृषि विज्ञानसँगै, मानविकी, शिक्षा र विज्ञान संकायका परीक्षा पनि असोज २४ भित्रै सम्पन्न हुनेछन् । ‘विभिन्न संकायका गरि ८ हजार २८० विद्यार्थी सम्मिलित हुनेछन्,’ परीक्षा नियन्त्रण्क नाथले भने, ‘बाँकी रहेका अन्य संकायको परीक्षा तालिका त्यसपछि प्रकाशन गरिनेछ ।’ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा केन्द्रीय क्याम्पससहित १४ वटा आंगिक क्याम्पसमा १२ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालनका लागि सबै विद्यार्थीको ट्रेसिङदेखि इन्टरनेटसम्म पहुँचका लागि सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तह, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र सुदूरपश्चिम प्रदेश सरकारलाई समेत सहयोगका लागि आग्रह गरेको थियो । अनलाइन परीक्षा पूर्व विद्यार्थीहरुलाई अभ्यास पनि गराएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …