• बिहिबार, मङ्सिर-८,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

बझाङ, असोज ५ गते । करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ । अर्को साता परीक्षण उडान गरी दशैँमा उडान भर्न मिल्ने गरी हस्तान्तरणको तयारी भइरहेको छ ।

विमानस्थलको कालोपत्रे गरेर वरिपरि घेरबार लगाउने काम र नाली निर्माणको काम पूरा भएको हो । विमानस्थल सञ्चालन गर्न पटक–पटक यहाँका बासिन्दाले नागरिक उड्डयन प्राधिकरणमा दबाब दिँदै आएका थिए । सोही दबाबपछि २०७५ साउनमा विमानस्थल कालोपत्रे गर्न बोलपत्र आह्वान गरेर निर्माण कार्य अगाडि बढाइएको थियो । झण्डै पाँच करोड ५० लाख रुपियाँको लागतमा १८ महिनामा सो विमानस्थलको कालोपत्रे र घेरबार लगायतका काम भएका हुन् ।

विमानस्थल निर्माणको काम वैशाखमा सकिनुपर्ने भए पनि कोरोनाका कारण ढिला भएको ठेकेदार कम्पनीका प्रतिनिधि प्रदीप डङ्गोलले बताउनुभयो ।

दशँैसम्म जहाज चलाउन मिल्ने गरेर विमानस्थल हस्तान्तरण गर्ने तयारी रहेको समेत उहाँले जानकारी दिनुभयो ।

विमानस्थलको करिब ६५० मिटर रनवे कालोपत्रे र वरिपरिको नालाको काम सकिएको छ, उहाँले भन्नुभयो, विमानस्थलको साइड फिलिङको काम भने भइरहेको छ । असोजको दोस्रो साताभित्र परीक्षण उडानको तयारीसमेत भइरहेको उहाँको भनाइ छ ।

नागरिक उड्डयन मन्त्रालयले उडानको अनुमति दिए विमान अवतरण गर्न सकिने तथा विमानस्थल सञ्चालन हुन सक्ने बताइएको छ । समयमै काम पूरा भएर विमानस्थल सञ्चालनमा आएपछि सुत्केरी महिला, दुर्घटनामा परेका र गम्भीर प्रकारका बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीयवासी देव खड्काले बताउनुभयो ।

बझाङमा हिउँदको समयमा जयपृथ्वी राजमार्गमा हिउँ जम्मा हुने र वर्षा भएको बेला विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने भएकाले पनि यात्रुले निकै सास्ती खेप्नुपर्ने बाध्यता छ ।

विमानस्थल सञ्चालनमा आएपछि आन्तरिक पर्यटनमा समेत टेवा पुग्ने स्थानीय पर्यटन व्यवसायी किशोर खड्काले बताउनुभयो । उहाँले साइपाल हिमाल, खप्तड राष्ट्रिय निकुञ्ज, सुर्मा ताल, कैलाश गुफा, कैलाश मानसरोवर लगायतका दर्जनभन्दा बढी धार्मिक तथा पर्यटकीयस्थलमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको समेत वृद्धि हुने विश्वास गरिएको छ ।

साढे चार दशकअघि २०३५ सालमा निर्माण भएको देवल विमानस्थलको स्तरोन्नति हुन नसक्दा जहाजले उडान भर्न सकेका थिएनन् । केही समय नेपाल वायुसेवा निगम बाहेकका निजी विमान कम्पनीले पनि बझाङबाट नेपालगञ्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । द्वन्द्वकालमा तत्कालीन माओवादीले दुई पटक विमानस्थलको टावरमा बम विस्फोट गराएपछि पनि विमानस्थलमा निजी क्षेत्रका जहाज फाटफुट रूपमा चल्ने गरेका थिए तर पछि बझाङबाट नेपालगञ्ज जाने यात्रुको चाप घट्न थालेपछि निजी विमान कम्पनीले उडान रद्द गरेका थिए ।

लामो समय सेवा दिएको नेपाल वायुसेवा निगमले २०६६ सालमा बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो । विमानस्थल मर्मत सम्भार भएपछि धनगढी–बझाङ रुटमा दैनिक दुईवटा ट्विनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीले बताउँदै आएका छन् । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

आफ्नो मतको मूल्य आफैले बुझ्नु जरुरी छ।

आफ्नो मतको मूल्य आफैले बुझ्नु जरुरी छ।
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …