तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटिएका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीलाई समयमै हाजिर हुन निर्देशन दिएको छ।

सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी समयमै कार्यालयमा उपस्थित नहुने गरेको गुनासो बढेपछि संघीय मन्त्रालयले सूचना जारी गर्दै तीन दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।

‘हाल विश्वभर फैलिएको कोभिड-१९ का कारण गर्नुपर्ने व्यवस्थापन लगायतका कार्यहरू सम्पादन गर्न बाधा परिरहेको हुँदा यो सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आआफ्नो सरुवा÷कामकाजका लागि खटिएको स्थानीय तह तथा कार्यालयमा हाजिर हुन जानु हुन र सोको जानकारी यस मन्त्रालयमा गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।

खटाइएको स्थानमा नजाने कर्मचारीलाई प्रचलित कानुन बमोजिम विभागीय कारबाही हुने समेत चेतावनी दिइएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …