तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पोखरा महानगरपालिकाले यसवर्ष कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि छात्रवृत्तिको परीक्षा संचालन नगर्ने भएको छ ।

संस्थागत विद्यालयहरूले कक्षा ११ मा भर्ना हुने कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने नियममा भएको व्यवस्था छ। उक्त नियमबमोजिम विगत वर्षहरूमा नगरपालिकाले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा संचालन गरी मेरिट लिस्टअनुसार विद्यार्थीले छात्रवृत्ति परीक्षा आवेदन फाराममा भरेका संस्थागत विद्यालयहरू मध्ये प्राथमिकताका आधारमा सिफारिस गर्ने र विद्यार्थीले तोकिएको विद्यालयमा निशुल्क भर्ना एवम् अध्ययन गर्न पाउने व्यवस्था गरिएको थियो ।

यसवर्ष भने कोभिड १९ महामारीका कारण परीक्षा संचालन गर्ने वातावरण नभएको कारण देखाउंँदै पोखरा महानगरपालिका संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन समितिको निर्णय बमोजिम विद्यालयमा भर्ना भएका विद्यार्थीका लागि विद्यालयले नै पछि छात्रवृत्तिका लागि सूचना जारी गर्ने जनाइएको छ।

कोरोना महामारीका कारण तत्काल विद्यालय संचालनको अवस्था नरहे पनि पोखरामा विद्यालयहरूले भर्नाका लागि विज्ञापन प्रकाशित गरी अनलाइन प्रवेश परीक्षा लिने र विद्यार्थीलाई छिटो भर्ना हुन अत्याउने क्रम चलिरहेको छ । यस्तो अवस्थामा नगरपालिकाले पनि छात्रवृत्तिको जिम्मेवारी विद्यालयलाई नै तोकेपछि वास्तविक रूपमा छात्रवृत्ति पाउनुपर्ने विद्यार्थी उक्त अवसरबाट बन्चित हुने निश्चित जस्तै देखिएको छ ।

नगरपालिकाको उक्त निर्णयले छात्रवृत्ति परीक्षामा समावेश भई आफूले चाहेको विद्यालयमा भर्ना हुन इच्छुक आर्थिक रूपमा बिपन्न तर सक्षम विद्यार्थीको राज्यबाट प्राप्त अवसरको ढोका बन्द भएको छ भने भर्ना भैसकेका विद्यार्थीका लागि विद्यालयले छात्रवृत्ति उपलब्ध गराउने विषय र त्यसको निष्पक्षता माथि प्रश्न चिन्ह उभिएको छ। एसईई परीक्षा दिन नपाई नतिजा पाएका योग्य एवम् सक्षम विद्यार्थीका लागि यस्तो व्यवस्थाले थप पीडा दिएको छ।

छात्रवृत्तिका लागि विद्यालयलाई अधिकार दिने हो भने भर्ना हुनुपूर्व नै विद्यालयले परीक्षा वा उपयुक्त छनौट बिधिका आधारमा छात्रवृत्तिमा छनोट भएका विद्यार्थीको सूचना प्रकाशन गर्नुपर्ने र विद्यार्थीलाई एउटा विद्यालयको छात्रवृत्तिमा छनोट हुन नसके अर्को विद्यालयमा आवेदन दिन पाउने अवसर दिनुपर्ने आम विद्यार्थी र अभिभावकहरूको माग रहेको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …