तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

विद्यालय, प्राविधिक र उच्चशिक्षामा वैकल्पिक पद्धतिबाट भइरहेको पठनपाठनलाई औपचारिक मान्यता दिने मन्त्रालयले जनाएको छ । यसअघि असार १ गते सरकारले वैकल्पिक सिकाइ अभियान सुरु गरेको थियो । मन्त्री पोखरेलले शुक्रबार भर्चुअल पत्रकार सम्मेलन गरेर कार्ययोजनासहित वैकल्पिक कक्षालाई मूलधारको शिक्षा बनाउन लागिएको जानकारी दिए ।

अनलाइन, रेडियो, टेलिभिजन र प्रिन्ट सामग्रीबाटै विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरिने उनले जनाए । ‘वैकल्पिक पद्धतिबाट पठनपाठनको सुरुवात गरिसकिएको छ,’ उनले भने, ‘सुदृढ पारेर सबै विद्यार्थीहरुलाई यो पद्धतिमा सहभागी गराउन थप प्रयत्न गछौं ।’ शैक्षिकसत्र खेर जान नदिन मन्त्रिपरिषदमा समेत छलफल भएको उनले जनाए । ‘प्रधानमन्त्रीले कार्ययोजना माग्नु भएको छ, तीनै तहको सरकारको भूमिकासहित कार्ययोजना बनाएर कार्यान्वयनमा जान्छौं,’ उनले भने । वैकिल्पक शिक्षामा छुटेका, दुर्गम र अपाङ्गता भएका विद्यार्थीलाई लक्षित गरेर कार्ययोजना बनाइने उनले जनाए ।

वैकिल्पक कक्षालाई प्रभावकारी बनाउन शिक्षण संस्थाले आफ्ना विद्यार्थीको खोजी गर्नुपर्ने उनको भनाइ थियो । ‘विद्यार्थी शिक्षणसंस्थामा जान सक्ने अवस्था छैन, यस्तो बेला शिक्षक विद्यार्थीसम्म पुग्नुपर्छ,’ पोखरेलले थपे, ‘होम स्कुलिङ र रेडियो पाठशाला नै बढी प्रभावकारी देखिन्छ ।’ शिक्षा मन्त्रालयले अपिल जारी गरेर शिक्षक र अभिभावकलाई विद्यार्थीको सिकाइको नियमित अनुगमन र निरीक्षण गर्न समेत आग्रह गरेको छ । शिक्षामन्त्री पोखरेलले भने, ‘कोरोना संक्रमणको बेला पुरानो सोच, शैली र पद्धतिले पठनपाठन सम्भव छैन, शिक्षण संस्था खोल्दा झन जोखिम बढ्न सक्छ, घरलाई नै शिक्षालय बनाउनुपर्छ ।’ अनलाइन, रेडियो, टेलिभिजन र प्रिन्ट सामग्रीमध्ये जुनमा सम्भव छ त्यही सामग्री प्रयोग गरेर सिकाइलाई निरन्तरता दिनुपर्ने शिक्षाविद्हरुको पनि मत छ ।

शिक्षकको कोरोना बिमा गर्ने र लकडाउनको बेला पनि प्रशासनको अनुमतिमा हिँडडुल गर्ने व्यवस्था गरिएकाले वैकल्पिक कक्षामा जोडिन पुन: ताकेता गरिएको छ । सामुदायिक विद्यालयका अधिकांश शिक्षकहरु वैकल्पिक कक्षामा सहभागी नभएको गुनासो छ । निजी विद्यालयले शुल्कको सिमा ताकेर वैकिल्पक कक्षाको पनि शुल्क लिन पाउने मन्त्री पोखरेलले जनाए । तर शुल्क लिनुअघि स्थानीय तहको अनुमति लिनुपर्ने उनले प्रष्टाए । यसअघि मन्त्रालयले वैकल्पिक कक्षाको शुल्क लिन रोक लगाएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …