तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जामा एम्बुलेन्स दुर्घटनामा २ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिरामी छोडेर फर्केने क्रममा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ–५, माझकोटस्थित वालिङ–चापाकोट भित्री कच्ची सडकखण्डमा आइतबार बिहान ४ बजे दुर्घटनामा परेको थियो । 

दुर्घटनामा स्याङ्जा चापाकोट–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट–१० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको हो । दुर्घटनापछि घाइते उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा एम्बुलेन्स चालक र अर्का एक जना घाइते छन् । चालक चापाकोट–९ का ३१ वर्षीय सुरेन्द्र भण्डारी र चापाकोट–९ की २८ वर्षीया पवित्रा पोख्रेल गम्भीर घाइते भएका हुन् । उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा रेफर गरिएको छ ।

एम्बुलेन्स सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुल्न नसकेको र अनुसन्धान प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

   

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …