तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

प्रेम खनाल

अस्पतालको ड्युटि सकेर आफ्नो घर वा डेरामा फर्केका कतिपय स्वास्थकर्मीलाई कुनै टोलमा त्यहाँका स्थानीय व्यक्तिहरुले कोरोना यसैले सार्छ भनेर दुर्व्यवहार गर्ने काम गरियो रे । अहिले त्यो विषय व्यापक चर्चा भैरहेको छ। मैले यसै विषयमा आफ्ना नितान्त ब्यक्तिगत धारणाहरू यहाँ व्यक्त गरेको छु।
पहिलो कुरा त डाक्टर स्वास्थकर्मीलाई के भन्न चाहन्छु भने तपाईहरु स्वास्थ्य सेवामा लागेको आफ्नै चाहनाले हो कसैले कर गरेर हैन। अभिभावकको चाहनाले पनि होइन ,त्यसो हुन्थ्यो भने मुन्नाभाइ डाक्टर भैहाल्थ्यो , यौटा कुरा यो वुझ्न पर्यो ।अर्को कुरा चाहनाले मात्रै पनि हुदैनथ्यो त्यहांँ योग्यता पनि चाहिन्थ्यो,चाहना र योग्यताले मात्रै पनि हुदैनथ्यो त्यहांँ तपाईंहरुको भाग्यले पनि साथ दिन पर्थ्यो, ती सवैले साथ दिएर तपाईंहरू डाक्टर वन्नु भएको हो । त्यसैले तपाईँहरुलाई भगवानकै रुपमा हेर्ने पनि वहुसंख्यक जनता थिए, छन् र हुनेछन् ।

स्वर्गमा पनि त्यहांँका डा.अश्वीनि कुमारहरुलाइ देवताहरु पनि अग्रिम पूजा गर्थे यस्तै वेदले पनिभनेको छ हे !अश्विनीकुमार हो हाम्रा रोगहरु नाशगरेर हामीलाई हाम्रो पूरा आयु जीउन दिनुहोस् ,त्यहांँसम्म हामीलाई रोग व्याधिले न छोओस्। अस्ति भर्खरै भारतका ख्यातिप्राप्त कलाकार अमिताभ वच्चनले साक्षात् ईश्वर तअस्पतालमा सेता कोट लगाएर ड्युटी गरिरहेका हुंँदा रहेछन् आज उनको दर्शन पाएंँ भने यहांँहरु सवैले सुन्नु भएकै छ ।यसैगरी अभिनेत्री रेखाले अबदेखि म सवैलाइ मन्दिर बनाउन भन्दा हस्पिटल बनाउन चन्दा देऊ भन्छु भनिन्।मानिसहरुलाइ नपर्दा सम्म चेत हुंँदैन जब पर्छ र डाक्टरको शरणमा पुगेर रोगलाइ जितेर निस्कन्छ अनिमात्रै डाक्टरको मूल्य थाहा हुन्छ भगवानको सम्बन्धमा पनि यही हो जव दु:ख पर्छ अनि डाक्टरलाइ सम्झन्छ नत्र संझिदैन।

डा.साहवहरुले हाम्रो सामाजिक धरातल पनि हेर्नुपर्छ यहांँ कस्ता कस्ता मानछे छन् ,त्यतातिर पनि हेर्नु पर्छ ।मात्र यौटा उदाहरण जब २०७२ सालमा भूकम्प आयो , त्यतिका जनता आहतभए त्यतिखेरका गृहमन्त्री वामदेव गौतम थिए । प्रम शुशील कोइराला वहांँहरु इन्तुनचिन्तु हुनुभयो ।मानिसहरु स्वतस्फूर्तरुपमा सर्वसाधारण आआफ्नो शक्ति अनुसार जुटे प्रहरी गृहको आदेश आउनु भन्दा पहिले निस्के ,हस्पीटलहरुले यतिराम्रो प्रवन्ध मिलाए ,स्वास्थ्यकर्मीहरुले दिनमा चौबीसमा बिस घन्टा सम्म काम गरे अर्कोतिर नागरिक अगुवा केही वुद्धिजीवि भनाउँदा व्यक्तिहरुले लौ हिंडभाइ हो वालुवाटार घेर्न जाऊंँ भनेर आह्वान गरे तर मानिसहरु उनिहरूको पछि लागेनन्। भ्रष्टाचार ,ज्यानमुद्दा र वलात्कार मुद्दाबाट धन र बलका आधारमा सफाइ पाएकाहरूलाई समेत केही नरनारीहरूले फूलमाला लगाइदिएर स्वागत गरे। तपाइहरुकै अग्रज तपस्वी गोविन्द केसी पश्चीमका जिल्लामा पेन्सनमा आएको रकम कटाएर दीनदु:खीलाई उपचार गर्दै हिडेकालाई त सार्वजनिक संस्थामा नि:शुल्क काम गर्छु भन्दा दिएनन् ।

उनै डाक्टरको प्रसस्ति वढ्यो भन्ने डाहले छटपटाएका उनकै सहकर्मीहरू समेतले उनलाई कति लखेटे। ती फकिरलाई के लखेट्नु थियो र ? हस्पीटलबाट निस्क भने उनी सरक्क निस्की दिए । इलाम तिर कता गएर आफ्नो कर्म गरे। अहिले सरकारमै पनि कोही यही मौका हो कमाउंँ भन्ने पनि छन् । कसैलाई त्यत्रो भूकम्प आउंँदा पनि मैले घात गरेका जनता र म एक्लैले क्षति पुर्याएको देशको सम्पत्तिको आधा पनि गरेन त्यसैले अहिले आएको कोरोनाले जनयुद्धमा भन्दा पनि धेरै मानिसहरु मरुन् र आफ्नो बोझ हल्का गरूंँ ,यै वहानामा सरकार फालेर आऊँ भन्ने पनि होलान्, कसैलाई यो सरकार गए हाम्रै अमनचयन हुन्थ्यो भन्ने पनि होलान्, तपाइहरू देख्नु भएकै छ सरकारमा भएका दलका उच्चतहका नेता जो आफ्नै सरकारसंग ६ महिनादेखि लडिरहेका छन् उनीहरुलाई सिर्फ हामीले खान पाएनौ भन्नेवाहेक यो महामारीको विषयमा एक दिन वोलेको देख्नु भएको छ ?यिनलाई डाक्टरको अपमान भएर के ? जनता मरेर के ? डाक्टर मरेर के? धन्न केपी ओलीले नेपालमा उपचार गराए नत्र अरु कसैले यहांँ उपचार गराउंँछन् ?

विदेसमै गैहाल्छन् उनलाइ के चिन्ता ? यहांँ गाई काटेर खाने पनि छन गाईलाइ पूजा गर्ने पनि छन्, भगवानका मूर्ति तोड्ने पनि छन्, पूजा गर्ने पनि छन्, ,पशुपतिको शिवलिंगमा लगेर आफनो रजस्वला भएको बेलाको दु:षित रगतले पोतिदिन्छु भन्ने पनि छन् ,रजश्वला भएको बेलामा छवाछुत नगरी बस्ने पनि छन्। यही देशमा रहेर यै देसको झण्डा जलाउने पनि छन् देसको झण्डा हृदयमा लगाउने पनि छन् ।

यो अहिले मात्र हैन परापूर्वकालदेखि दैवी (सत्वगुण भएका )प्रवृत्ति र तमोगुणले युक्त आशुरी वृत्तिका मानिसहरू पनि थिए, छन् र हुनेछन् । अझ भागवतमा मानिसहरुलाई तीन वर्गमा राखेको देखिन्छ ।एक थरी धर्मै धर्म गरिरहने हुन्छन् रे, एक थरी धर्म पनि गर्ने पाप पनि गर्ने अर्काथरी पापैमात्र गर्ने हुन्छन् भने हामी यी सवैको वीचमा वस्नुपनि र आफ्नो कर्तव्य निभाउनु पनि पर्छ। हामीले कर्मगर्दा हामीले हमेसा यो ख्याल गर्नु पर्छ की हाम्रा कर्मको निरीक्षण गर्ने सूर्य,अग्नि, आकाश ,वायु, इन्द्रिय, चन्द्रमा, दुवै सन्ध्या, रात दिन,दश दिशा,पृथ्वी तथा काल धर्म। यिनले हेरीरहेका छन् भनेर काम गर्नु पर्छ। अर्को कुरा यदि हामीले कर्तव्य निष्ष्ठ भएर काम गर्यौ भने पापी शासककै अधीनमा काम गरेर पनि आफु दूषित भंँइदैन भन्ने कुरा कंशको मंत्रीमण्डलमा रहेर उसको आदेश पालन गरेर काम गरेका अक्रूरजी कंसको मन्त्रीमण्डलमा सवै भन्दा विश्वास पात्र थिए। कंशले भगवान श्रीकृष्णलाइ मार्ने उद्देश्यले अक्रूरलाइ गोकुलमा गएर कृष्णलाइ लिएर आउभनी पठाए उनी गोकुल गए, त्यहांँवाट कृष्ण वलरामलाइ लिएर आए उनीहरुलाइ त मार्न सकेन उल्टै आंफै मारियो । अक्रूर महात्मा थिए । उनलाइ कुनै अवगाल आएन।

त्यसैले स्वास्थकर्मीहरू कत्ति विचलित नहुनुहोस् ! सुन बन्नलाई आगोमा पोलिनु पर्छ,घोचिन पर्छ चुटाई खानु पर्छ,देव मूर्ति वन्न पहिले त मूर्ति वन्न सक्ने त्यो पत्थरमा योग्यता हुनु पर्यो त्यसपछि मूर्तिकारका हजारौ घन र छिनाका चोट सहन पर्छ र बल्ल मन्दिरमा स्थापित भएर पूजिन्छ। मानिसहरुको सम्वन्धमा पनि त्यहीहो।

डाक्टर साहव हो? यहांँहरुलाइ थाहै छ तपाईंहरु कतिपयले दुर्गम जिल्लाहरुमा काम गर्दा मानिसहरु सिकिस्त भएर अन्तिम अवस्थामा आएर उनलाइ तत्कालै रगत दिनुपर्ने अवस्थामा उनका नजिकका व्यक्तिहरुले नै अज्ञानताका कारणले दिन मानेनन् त्यस्तो अवस्थामा तपाइहरुले आफ्नो धर्म संझी स्वयंले रक्त दिनु भयो ,नेपालको हस्पीटलको व्यवस्थापन यस्तो छ जहांँ उपकरण छन् त्यहां सम्बन्धित विशेषज्ञ छैन कही विशेषज्ञ त छ तर उपकरण छैन त्यस्तोमा पनि निकट जिल्लासंग सम्पर्क गरी तत्कालै एकठाउंँमा जुटाई बिरामीलाई शल्यक्रिया गरी मृत्युको मुखवाट बचाएका कुरा पनि सुनियो। यस्ता तपाइहरु उपर मुलुकीसंहिता ल्याएर शिरमाथि तरवार सरकारले नै झुण्याइ दिएको छ ।त्यसमाथी स्वास्थ्य संस्थाहरुमा दलालहरु खटिएर तपाइहरुका हरकदममा खोट देखाउने फसाउने प्रयत्न पनि भैरहेकै छ, तपाइहरुले हरचुनौती पार गर्दै आउनु भएको छ ।यी समस्याहरुलाई पनि विचलित नभई पार गर्न सफलता मिलोस् भन्ने कामना गर्दछु। पुन: देवस्वरुप डाक्टरसावहरुलाई हार्दिक नमन गर्दछु।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …