तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विगत केही दिनयता चिन्ताजनक हिसाबले बढिरहेको छ ।

संक्रमण तीव्र भएपछि काठमाडौंमा बुधबार रातिदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । संक्रमितको संख्या दिनहुँ बढ्दो छ, तर रोकथाम र नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय देखिएको छैन ।

कोभिड–१९ संक्रमणको सन्दर्भमा केरला र नेपालबीच केही समानता छन् । भारतमा पनि पहिलो कोरोना केस केरलामै देखिएको थियो । जनवरी ३० मा भारतमा पहिलो कोरोनाको संक्रमण केरलामा पुष्टि भएको हो । ती संक्रमित चीनको वुहानबाट फर्केका विद्यार्थी थिए ।

करिब साढे ३ करोड जनसंख्या भएको भारतको तटीय राज्य केरलाको आम्दानीको मुख्य स्रोत भनेको विप्रेषण हो । राज्यको कुल आयमा एक तिहाइ हिस्सा विप्रेषणको छ ।

केरलामा पुष्टि भएका संक्रमितमध्ये अधिकांश विदेशबाट आएकाहरू हुन् । यद्यपि केही स्थानमा समुदायमा पनि संक्रमण फैलिएको छ । तर पनि अन्य राज्यहरूको तुलनामा केरलामा संक्रमण कम देखिन्छ ।

बिहीबारसम्म केरलामा कुल संक्रमितको संख्या ५० हजार २ सय ३१ छ । भाइरसका कारण १ सय ८२ जनाको मात्र मृत्यु भएको छ । भारतका ३६ प्रदेश तथा केन्द्रशासित राज्यहरूमध्ये संक्रमणका हिसाबले केरला १३ औं स्थानमा छ भने मृत्यु संख्याका हिसाबले १४ औं स्थानमा छ ।

तर पछिल्ला दिनमा संक्रमण उच्च दरले बढिरहेको छ । तर, त्यहाँ खासै भयको वातावरण छैन । संक्रमण फैलावट र मृत्युदर कम किन भयो त केरलामा ? किन भयको वातावरण छैन ? यसको प्रमुख कारण भनेको केरलाको स्वास्थ्य पूर्वाधारसँगै राज्य सरकारको प्रभावकारी भूमिका हो ।

भारत सरकारका लागि नीति निर्माण गर्ने थिंक ट्यांक नीति आयोगले स्वास्थ्य सूचकांकमा केरलालाई पहिलो नम्बरमा राखेको छ । विशेषगरी आपत्कालीन स्वास्थ्य सेवाका लागि केरला निकै सफल मानिएको छ । विश्व स्वास्थ्य संगठनले पनि कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि चालेका प्रभावकारी कदमका लागि केरलाको प्रशंसा गरिसकेको छ ।

राज्य सरकारले विशेषगरी प्रभावकारी सञ्चार, स्वास्थ्य क्षेत्रका जनशक्तिको दक्षता अभिवृद्धि र परिचालन तथा सरोकारवाला निकायबीचको समन्वयलाई प्राथमिकतामा राखेको देखिन्छ । सबैभन्दा माथि मुख्यमन्त्रीको नेतृत्वमा आवश्यक निर्णय लिन, समन्वय र परिचालन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ । यसमा निर्णायक भूमिका रहेको छ राज्यकी स्वास्थ्यमन्त्री केके शैलजाको ।

कोभिड–१९ को महामारीविरुद्ध लड्ने जिम्मेवारी पूरै उनको नेतृत्वमा छ । प्रदेश मुख्यसचिवको नेतृत्वमा कन्ट्रोल रुम छ । त्यसकै मातहतमा प्रत्येक जिल्लामा आपत्कालीन कन्ट्रोल रुमहरू बनाइएको छ । त्यसअन्तर्गत स्थानीय तहका सरकारहरूसँग समन्वय गर्ने गरिएको छ । भाइरससम्बन्धी चेतना विस्तारमा विशेष जोड दिइएको थियो ।

दिल्लीबाट आफ्नी आमालाई भेट्न केरला पुगेकी द टेलिग्राफकी वरिष्ठ संवाददाता अनिता जोसुवाको भनाइमा केरलामा स्थानीय तह र राज्य सरकारबीचको समन्वयले सकारात्मक नतिजा दिएको हो ।

राज्यमा कोरोना संक्रमणको साङ्लो तोड्न ‘ब्रेक द चेन’ नामक विशेष अभियान नै चलाइएको छ । अनिताले पनि स्थानीय सरकारका प्रतिनिधिहरूको भूमिका प्रशंसनीय रहेको बताइन् । ‘स्थानीय जनप्रतिनिधिहरू, स्वयंसेवकका साथै नागरिकहरूको परिचालन राम्रो भएर नै केरलामा सरकारको काम प्रभावकारी देखिएको थियो,’ उनले भनिन् ।

त्यस्तै, राज्य सरकारले नागरिकलाई भाइरससम्बन्धी सबै सूचना सम्प्रेषण गर्न विशेष पोर्टल नै चलाएको छ । त्यसमा राज्य सरकारलाई प्राप्त सहयोगदेखि महामारीसम्बन्धी सबै जानकारी उपलब्ध छन् । त्यसले राज्यको महामारीको पछिल्लो तस्बिर र सरकारले चालेका कदमहरूको सम्पूर्ण जानकारी पाउन सकिन्छ । कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले खबर लेखेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …