तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

युरोपका केही देशहरूमा लामो समयपछि कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । स्पेन, इटाली र जर्मनीमा संक्रमितको संख्यामा अत्यधिक वृद्धि देखिएको छ । त्यस्तै फ्रान्समा पनि भाइरसको संक्रमणमा वृद्धि भएको छ ।

स्पेनमा बुधबार ३ हजार ७ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । जुन महिनाको अन्त्यमा स्पेनमा कडा लकडाउन हटाइएपछिको यो सबभन्दा ठूलो संख्या हो । त्यस्तै, इटालीमा बुधबार ६ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या मे महिनायता दैनिक देखिएको सबभन्दा बढी हो । जर्मनीमा पनि एकै दिन संक्रमित हुनेको संख्या अप्रिलयताकै उच्च देखिएको छ ।

अधिकारीहरूका अनुसार बुधबार जर्मनीमा १ हजार ७ सय ७ जनामा संक्रमण पुष्टि भएको हो । फ्रान्समा पनि मे महिनाको अनुपातमै संक्रमितहरू भेटिन थालेका छन् । फ्रान्समा बुधबार ३ हजार ८ सय जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो समय अधिकांश युरोपेली देशमा लकडाउन खुकुलो पारेसँगै जनजीवन सामान्य बन्दै गएको छ । तर संक्रमणका घटनामा वृद्धि भएसँगै चिन्ता थपिएको छ ।

कैयौं युरोपेली देशले यात्रामा नियन्त्रण गर्ने उपाय तथा सामाजिक दूरी तथा मास्क लगाउने नियम भने हालसम्म पनि लागू गरिरहेका छन् ।

छिमेकी देश भारतमा पनि पछिल्लो समयमा कोभिड—१९ को संक्रमण तीव्र बन्दै गएको छ ।

भारतमा बिहीबार ६९ हजार ६ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । यो दैनिक संक्रमित हुनेको हालसम्मकै ठूलो संख्या हो । योसँगै भारतमा कुल संक्रमितको संख्या २८ लाख ३६ हजार ९ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।

भाइरसका कारण भारतमा ५३ हजार ८ सय ६६ जनाले ज्यान गुमाइसकेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार तीमध्ये ९ सय ९७ जनाको बिहीबार मृत्यु भएको हो ।

संक्रमित संख्याका आधारमा भारत विश्वकै तेस्रो स्थानमा छ । पहिलो अमेरिकामा ५५ लाख ३० हजार ४ सय र दोस्रो ब्राजिलमा ३४ लाख ५६ हजार ६ सय संक्रमित छन् । अमेरिकामा १ लाख ७३ हजार २ सय तथा ब्राजिलमा १ लाख ११ हजार १ सयले भाइरसका कारण ज्यान गुमाइसकेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …