तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ उपत्यकाका सबै नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन आआफ्नै तरिकाले सतर्कता अपनाएका छन् । सबै नगरपालिकाले भीडभाड नियन्त्रण गर्न आआफ्ना वडा कार्यालयलाई परिपत्र गरेका छन् । साथै जनताको स्वास्थ्य सुरक्षाका लागि जारी निषेधाज्ञाको पालना गर्न, भीडभाड नगर्न र घरमा बस्दा नियमित रूपमा साबुनपानीले हात धुन सबैलाई आग्रह गरिएको छ ।

घरैमा बसेर तीज मनाउन र सामूहिक जमघट नगर्न आग्रह गरिएको छ । उपत्यकाका तीनवटै जिल्लाको सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले गरेको निर्णय पालना गर्दै कोरोना भाइरसका सङ्क्रमण फैलन नदिने ती नगरपालिकाले जनाएका छन् ।

सन्तुलित भोजनका लागि रकम
टोखा नगरपालिकाले कोरोना सङ्क्रमण देखिएका होम आइसोलेसनमा बस्न चाहने सङ्क्रमित व्यक्तिलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन ३५० रुपियाँ उपलब्ध गराउने भएको छ । स्वास्थ्य शाखाको सिफारिसका आधारमा सो रकम उपलब्ध गराउन लागिएको हो । प्रत्येक वडामा खटिएका बढीमा १५ जनासम्म स्वयंसेवकका लागि कोरोना बीमाको प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिका नै बन्दाबन्दी
दक्षिणकाली नगरपालिकाले कोरोनाको सङ्क्रमण बढ्न नदिन साउन ३१ देखि भदौ ८ सम्म नगरपालिका बन्दाबन्दी गर्ने निर्णय गरेको छ । यस अवधिमा कुनै पनि प्रकारका सभा, भेला, जमघट, सामूहिक छलफल नगर्न सूचना जारी गरिएको छ । नगरप्रमुख मोहन बस्नेतले अत्यावश्यक सामग्री खरिद गर्ने क्रममा अनिवार्य भौतिक दूरी कायम गर्न नगरवासीलाई आग्रह गरिएको बताउनुभयो ।

स्वास्थ्य नै प्राथमिकता
नागार्जुन नगरपालिकाले कोरोना सङ्क्रमणबाट बच्न नगरवासीको सुरक्षालाई पहिलो प्राथमिकता दिएको छ । कोरोना नियन्त्रण गर्न प्रहरीसँगको साझेदारीमा टोलटोलमा सचेतनामूलक सन्देश प्रवाह गर्न सबै वडालाई पत्राचार गरी कार्यान्वयनमा ल्याइएको छ । कन्ट्याक्ट टे«सिङ गर्ने कार्यलाई प्राथमिकता दिँदै सङ्क्रमित व्यक्तिलाई सुरक्षित रूपमा आइसोलेसनमा बस्ने व्यवस्था गरिएको नगर उपप्रमुख सुशीला अधिकारीले बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाले नेपाली नारीको पर्व हरितालिका घरमै बसेर मनाउन सबैमा आग्रह गरेको छ । कोरोना सङ्क्रमण फैलन नदिन घरैमा बसेर तीज मनाउन नगरपालिकाले सबैमा आग्रह गरेको हो । कोरोना सङ्क्रमण दैनिक बढ्दै गएकाले तीजको समयमा मन्दिर लगायतका तीर्थस्थलमा भीडभाड गर्दा झन् सङ्क्रमण फैलन सक्ने भएकाले घरैमा बसेर तीज मनाउन नगरपालिकाका उपप्रमुख जुना बस्नेतले जानकारी दिनुभयो । घरबाट बाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।

¥यापिट टास्क फोर्स गठन
शङ्खरापुर नगरले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न सबै वडामा वडाध्यक्षको संयोजकत्वमा स्थानीय राजनीतिक दलको प्रतिनिधित्व रहने गरी ¥यापिट टास्क फोर्स गठन गरी कोरोना नियन्त्रणमा सहयोग गरिरहेको छ ।

उक्त टास्क फोर्सले वडामा नयाँ व्यक्ति आएको भए सो पहिचान गर्ने, अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कने, उपत्यकाका तीनै जिल्लाले घोषणा गरेको निषेधाज्ञा पूर्ण रूपमा पालना गर्ने गरी काम गरिरहेको नगरपालिका प्रमुुख सुवर्ण श्रेष्ठले बताउनुभयो ।

पीसीआरमा प्राथमिकता
गोकर्णेश्वर नगरले कोरोना भाइरस सङ्क्रमितको पीसीआर परीक्षण गर्न उच्च प्राथमिकता दिएको छ । नगरपालिका क्षेत्रमा कोरोना भाइरसका सङ्क्रमितलाई आइसोलेसनमा राख्ने र उहाँहरूको सम्पर्कमा भएका व्यक्तिको पीसीआर परीक्षण गर्ने कार्यलाई प्राथमिकता दिइएको नगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिनुभयो । नगरपालिकाले स्थानीयवासीलाई निषेधाज्ञा पालना गर्न, भीडभाड नगर्न र घरमा बस्दा नियमित साबुनपानीले हात धुन सबैलाई आग्रह गरेको छ । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …