तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

कोभिड–१९ सङ्क्रमणका कारण ठप्प पर्यटन क्षेत्रका मजदुरलाई अस्थायी रोजगारी दिने प्रक्रिया सुरु भएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूूएनडीपी)सँगको सहकार्यमा पहिलो चरणमा २५० जना मजदुरलाई कम्तीमा तीन महिना रोजगारी दिनेछ । यसका लागि बोर्ड र यूूएनडीपीसँग समझदारीसमेत भइसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कम्तीमा पाँच हजार मजदुरलाई रोजगारी दिने योजना अनुसार बोर्डले प्रक्रिया सुरु गरेको निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । यसका लागि तत्काल एक करोड ४० लाख रुपियाँ बजेट विनियोजन गरिसकेको उहाँले बताउनुभयो ।

यसरी उपलब्ध हुनेछ रोजगारी
बोर्डले रोजगारी दिने कामका लागि टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र सम्बन्धित स्थानीय निकायसँग सहकार्य गर्नेछ । कामको जिम्मेवारी र मूल्याङ्कनका लागि स्थानीय निकायलाई जिम्मेवार बनाउने गरी बजेट त्यसैमार्फत खर्च गर्ने तयारी बोर्डको छ । बोर्डले यसका लागि स्थानीय निकाय पनि छनोट गरिसकेको छ ।

यसमध्ये गण्डकी प्रदेश अन्तर्गत अन्नपूर्ण आधार शिविर पर्ने अन्नपूर्ण गाउँपालिका र मादी गाउँपालिका रहेका छन् । त्यस्तै खुम्बु पासाङ ल्हामु क्षेत्रमा पनि बोर्डको यो योजना अन्तर्गत रोजगारी उपलब्ध गराइनेछ । यस क्षेत्रमा खासगरी पदमार्ग मर्मत सम्भार, सरसफाइ लगायतका काम गर्नुपर्नेछ । यसबाट करिब २३० जनाले रोजगारी पाउने बोर्डको अनुमान छ ।

त्यस्तै प्रदेश दुई अन्तर्गत जनकपुर क्षेत्रमा ३० जनालाई रोजगारी उपलब्ध गराइनेछ । यसरी रोजगारी पाउनेले ४५ दिन काम गर्नुपर्नेछ । हरेक दिन एक हजार रुपियाँका दरले मजदुरले ४५ हजार रुपियाँ पाउने छन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिकको हिसाबले ४५ दिनमा पाउने पारिश्रमिकलाई तीन महिनाको कामका रूपमा गणना गरिएको बोर्डले स्पष्ट पारेको छ । यसरी मजदुरले गर्ने कामको सम्पूर्ण अनुगमन स्थानीय निकायले नै गर्नेछ ।

चार वर्षमा पाँच हजारलाई रोजगारी
बोर्डले यूूएनडीपीसँगकै सहकार्यमा आगामी चार वर्षभित्र पाँच हजार पर्यटन मजदुरलाई रोजगारी दिने योजना पनि बनाएको छ । यस सन्दर्भमा यूूनडीपीसँग छलफल भइरहेको निर्देशक लामिछानेले जानकारी दिनुभयो । कोभिड–१९ सङ्क्रमणका कारण अति प्रभावित मजदुरलाई सम्बन्धित छाता सङ्गठनको सहकार्यमा पहिचान गरेर रोजगारी दिने विषयमा सकारात्मक छलफल भइरहेको बोर्डले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …