तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण तथा रोकथाम गर्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको पहिलो दिन बिहीबार जनजीवन ठप्प पारेर कोरोनाविरुद्ध एकता देखाइएको छ ।

सङ्क्रमण तीव्र बढ्ने सम्भावना देखिएपछि जारी निषेधाज्ञाको केही अपवाद छोडेर नागरिकले पनि पूर्णतः पालना गरेका छन् भने सरकारले पनि प्रभावकारी कार्यान्वयन गराएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका मुख्य सडक, चोक, गल्ली र बस्तीमा चहलपहल शूून्य बनेको छ । गएराति १२ बजेबाट उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो । कतिपय स्थानमा दैनिक उपयोगका सामग्री किनमेलका लागि समेत समस्या परेको छ ।

महानगरीय प्रहरी कार्यालयका अनुसार निषेधाज्ञा कार्यान्वयनमा कडाइ गरिएको छ । सुरक्षाकर्मी सबेरै ४ बजे सडकमा परिचालन गरी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई स्थलगत कारबाही गरिएको छ ।

उल्लङ्घन गर्नेलाई कारबाही
तीनवटै जिल्लाबाट गरी निषेधाज्ञा उल्लङ्घन गर्ने करिब तीन हजार सवारी साधनसहित चालकलाई कारबाही गरिएको छ । त्यस्तै एक हजार २२० जनालाई सडकमै बनाइएका होल्डिङ सेन्टरमा एक घण्टा राखेर कारबाही गरिएको छ ।

महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले विभिन्न स्थानमा होल्डिङ सेन्टर बनाएर कारबाही गरिएको बताउनुभयो । निषेधाज्ञा उल्लङ्घन गरी आफन्त भेट्न तथा बैङ्क र वित्तीय संस्थामा जाँदै गरेकाहरू कारबाहीमा परेका छन् । आफूखुसी सञ्चालनमा आएका सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।

कोरोना सङ्क्रमण भयावह बन्दै गएको बेलामा पनि कतिपय नागरिकले अटेर गर्ने, मास्क प्रयोग नगर्ने र सामाजिक दूरी कायम नराखी लखरलखर सडकमा हिँड्दा सुरक्षाकर्मी जोखिममा रहेको उनले बताए ।

सामग्री किन्न टाढा नजानू
“यो निषेधाज्ञा नागरिकको सुरक्षाका लागि हो”, महानगरीय प्रहरी प्रमुख पोखरेलले भने, “आफू बाँचे पो आफन्त भेट्न सकिन्छ । जबरजस्ती सडकमा नआइदिनुहोस् ।” कतिपय स्थानमा खाद्यान्न किन्न भन्दै मोटरसाइकल र कार चढेर बाहिर निस्केको पाइएको छ ।

खाद्यन्न सामग्री, दूूध र औषधि खरिद गर्दा आफू बस्ने बस्ती नजिकैको औषधि पसल, किराना पसल र डेरीमा जान आग्रह गरिएको छ । कुनै अप्ठ्यारो परेमा वा स्वास्थ्य तथा सुरक्षासम्बन्धी समस्या परेमा सडकमा तैनाथ सुरक्षाकर्मी तथा प्रहरी कन्ट्रोल १०० मा फोन गरी सहयोग लिन आग्रह गरिएको छ । सो कार्यमा प्रहरीले सहजीकरणसमेत गरिदिने जनाइएको छ ।

अत्यावश्यक पसल नियमित
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञामा दैनिक उपभोग्य सामान खरिद बिक्रीका लागि किराना, तरकारी, दुग्धजन्य डेरी र पानी पसल नियमित सञ्चालनमा रोक लगाइएको छैन ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवाअन्तर्गत औषधि, खाद्य पसल, तरकारी, दूूूूध डेरी र पानी पसल सञ्चालनमा रोक नलगाइएको स्पष्ट पारेको छ । तर पसल सञ्चालक र ग्राहकले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेको भने हुनुपर्नेछ ।

पसल सञ्चालक तथा ग्राहकले मास्कको प्रयोग अनिवार्य र एक मिटरको सामाजिक दूरी कायम राख्नुपर्ने हुन्छ । त्यस्तै सामग्री खरिद गर्न घरबाहिर निस्कँदा वा पसलबाहिर दुईजना भन्दा बढीको भीड गर्न निषेध गरिएको छ ।

अत्यावश्यकलाई मात्र अनुमति
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार एक विज्ञप्ति जारी गरी अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधनबाहेक अन्य सवारी साधनलाई काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाइएको जनाएको छ ।

अत्यावश्यक सामग्री खाद्यान्न, तरकारी, फलफूल, पानी, दूधजन्य पदार्थ, इन्धन, औषधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाहेक अन्य सवारी साधनलाई उपत्यका प्रवेशमा रोक लगाइएको स्पष्ट पारेको छ । राति १२ बजेदेखि नागढुङ्गामा रोकिएका सवारीलाई मध्यरातमा काठमाडौँ भित्र्याउने तयारी गरिएको छ ।

त्यससँगै अन्य ढुवानीका सवारी साधन निषेधाज्ञा नहटेसम्म उपत्यकाबाट बाहिरिन र भित्रिन पाउने छैनन् । नागढुङ्गामा रोकिएका अधिकांश सवारी साधन निर्माणजन्य सामग्री र औद्योगिक कच्चा पदार्थ बोकेको सवारी साधन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शुक्रबारबाट सहजीकरण
बैङ्क तथा वित्तीय संस्थासँग आबद्ध कर्मचारीलाई शुक्रबारबाट कार्यालय आवतजावतमा सहजीकरण गरिने भएको छ ।

निषेधाज्ञाको पहिलो दिन सुरक्षाकर्मीले रोक लगाए पनि शुक्रबारबाट बिहान ९ बजेदेखि १०ः३० बजेसम्म र अपराह्न ३ः३० देखि ५ः३० बजेसम्म सहजीकरण गर्न लागिएको हो ।

विभिन्न बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीले कार्यालयबाट जारी फोटो सहितको परिचयपत्र अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ । मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ । गोरखापत्र दैनिकमा देवबहादुर कुुँवरले खबर लेखेका छन् । न दिएको छ ।

एउटै आयोजनाको निर्माण वर्षौंसम्म चल्ने तर सम्पन्न नहुने विगतको परम्परा तोड्दै निर्धारित समयमा नै काम सम्पन्न होस् भन्ने उद्देश्यसहित भदौ भित्रमा नै आयोजनाको निर्माणका लागि बोलपत्र आह्वान गर्न मातहतका कार्यालयलाई पत्राचार गरिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिनुभयो ।

सडक विभागबाट सञ्चालित सरकारको वार्षिक कार्यक्रममा परेका विकास आयोजनाको निर्माण कार्य अगाडि बढाउन त्यस्तो पत्राचार गरिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले मातहतका सबै महाशाखा, शाखा, डिभिजन तथा आयोजना कार्यालयलाई वार्षिक कार्यक्रम अगाडि बढाउन भदौ मसान्तभित्र नै बोलपत्र आह्वान गरिसक्न पत्राचार गरिएको छ । भदौमा आह्वान गरिएका बोलपत्रको असोजसम्म मूल्याङ्कन तथा कात्तिकसम्म सम्झौता गरिनेछ भन्नुभयोे ।

विगतमा आयोजनाको बोलपत्र आह्वान, मूल्याङ््कन र सम्झौतामा नै कामको मुख्य समय बित्ने गरेको बताउँदै उहाँले यो आर्थिक वर्षबाट भदौदेखि कात्तिकसम्म ठेक्कापट्टा सम्बन्धी सम्पूर्ण काम सम्पन्न भइसकेपछि मङ्सिरदेखि वर्षा याम सुरु हुनुभन्दा अघि नै काम सम्पन्न हुने बताउनुभयो ।

विगतका वर्षमा काम हुने मुख्य समयमा नै बोलपत्र आह्वान, मूल्याङ्कन र सम्झौता सम्बन्धी काम गर्ने गरिएकाले वार्षिक लक्ष्य अनुसारको काम र खर्च हुन नसकेको महानिर्देशक शर्माको भनाइ छ । नयाँ आयोजनाका लागि बोलपत्र आह्वान गर्नुभन्दा चालू अवस्थामा रहेका आयोजना सम्पन्न गर्नु सडक विभागको प्राथमिकतामा रहेको महानिर्देशक शर्माले बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …