तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

विगतमा भएका ढिलासुस्ती अन्त्य गर्दै विकास निर्माण कार्य तीव्र बनाउन भदौभित्रै आयोजनाको बोलपत्र आह्वान गरिसक्न सडक विभागले मातहतका निकायलाई निर्देशन दिएको छ ।

एउटै आयोजनाको निर्माण वर्षौंसम्म चल्ने तर सम्पन्न नहुने विगतको परम्परा तोड्दै निर्धारित समयमा नै काम सम्पन्न होस् भन्ने उद्देश्यसहित भदौ भित्रमा नै आयोजनाको निर्माणका लागि बोलपत्र आह्वान गर्न मातहतका कार्यालयलाई पत्राचार गरिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिनुभयो ।

सडक विभागबाट सञ्चालित सरकारको वार्षिक कार्यक्रममा परेका विकास आयोजनाको निर्माण कार्य अगाडि बढाउन त्यस्तो पत्राचार गरिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले मातहतका सबै महाशाखा, शाखा, डिभिजन तथा आयोजना कार्यालयलाई वार्षिक कार्यक्रम अगाडि बढाउन भदौ मसान्तभित्र नै बोलपत्र आह्वान गरिसक्न पत्राचार गरिएको छ । भदौमा आह्वान गरिएका बोलपत्रको असोजसम्म मूल्याङ्कन तथा कात्तिकसम्म सम्झौता गरिनेछ भन्नुभयोे ।

विगतमा आयोजनाको बोलपत्र आह्वान, मूल्याङ््कन र सम्झौतामा नै कामको मुख्य समय बित्ने गरेको बताउँदै उहाँले यो आर्थिक वर्षबाट भदौदेखि कात्तिकसम्म ठेक्कापट्टा सम्बन्धी सम्पूर्ण काम सम्पन्न भइसकेपछि मङ्सिरदेखि वर्षा याम सुरु हुनुभन्दा अघि नै काम सम्पन्न हुने बताउनुभयो ।

विगतका वर्षमा काम हुने मुख्य समयमा नै बोलपत्र आह्वान, मूल्याङ्कन र सम्झौता सम्बन्धी काम गर्ने गरिएकाले वार्षिक लक्ष्य अनुसारको काम र खर्च हुन नसकेको महानिर्देशक शर्माको भनाइ छ । नयाँ आयोजनाका लागि बोलपत्र आह्वान गर्नुभन्दा चालू अवस्थामा रहेका आयोजना सम्पन्न गर्नु सडक विभागको प्राथमिकतामा रहेको महानिर्देशक शर्माले बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …