तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल

देवीदेवताहरु पनि फुर्सदको समयमा कहिलेकाँही भलाकुसारी गर्ने, ज्ञानको चर्चा गर्ने, विगतका रमाईला घटनाहरु संझेर आमोद प्रमोद गरेका कथाहरु पुराणमा पाइन्छ । हामी पनि कहिलेकाँही ठाकठुक पर्दा पतिले -“मसंग विवाह गर्न कति केटीहरु हुरुक्क थिए तिमीले र तिम्रा वुवाआमाले कर गरेको हुँदा मैले विवाह गरेको हो ” भन्ने गर्दछौ । पत्नी पनि के कम -“आ ! मलाइ विवाहका लागि कति राम्रा ठाउँबाट कस्ताकस्ता केटाले माग्न आएका थिए ;झुक्किएर तिमीसंग विवाह भयो।” भनेर घुर्की लगाउने गर्दछौ नि ।यस्तै छेडाखानीका रमाइला भनाभन राधा र कृष्णका बीचमा, सीता र रामका वीचमा, इन्द्र र सचीका वीचमा, गोपीनीहरु र कृष्णका वीचमा र पार्वती र शंकरका वीचमा पनि हुने गर्दथ्यो ।

खरानी घसेर जटापालेका अघोरी देखिने ‘शंकर’ संग कहिलेकाँही पार्वतीले आफ्नो सुन्दरतामा अभिमान पनि गर्थिन होला, तब पार्वतीको घमण्ड घटाउने उद्देश्यले पनि हुनसक्छ र इतिहास जान्ने देवी ‘उमा’को जिज्ञासाअनुसार पनि हुनसक्छ उनको विवाह सम्वन्धी विगत सम्झाउनको लागि कैलाश पर्वत निवासी भगवान महादेव भन्नु हुन्छ- “हे उमा ! पूर्वजन्मको कुरा हाे,तिमी सानै देखि म ‘महादेवलाई’ पति पाउँ भनी धेरै वर्षदेखि कठोर तपस्या र व्रत गरेकी थियौ ।

यसै क्रममा एक दिन नारद ऋषिले तिमीलाई भगवान ‘विष्णु’ संग विवाह गरिदिन तिम्रो पितासंग प्रस्ताव राख्दा ; हुन्छ छोरी दिन्छु भनेको र यो कुरा साथी मार्फत तिमीले थाहा पाएपछि प्राण त्याग्ने निर्णय गरेकी थियौ । आत्महत्या गर्नुभन्दा कुनै उपायबाट आफ्नो मनोकामना पूर्ण गर्न धैर्यसाथ व्रत र साधनालाई निरन्तरता दिई विष्णुसंग विवाह गर्नबाट तर्कन सकिने तिमीलाई संगिनीहरुले सल्लाह दिएका थिए । सोही सल्लाह अनुसार तिमीले वुवाआमालाई थाहा नदिई घोर जगंलको वीचमा भएको नदी किनारमा गई वालुवाको शिवलिंग वनाएर अधोमुख गरी शिव लिंंगको पुजा र कठोर व्रतसाधना गर्यौ । तिमीले गरेको कठोर व्रतको कारणबाट कैलाशमा रहेको मेरो आशन हल्लिन गयो ।तब म तिमीलाई दर्शन दिन नदी तटमा आउंँदा मलाई पति पाऊँ भनी तिमीले वर मागेको हुँदा तथास्तु भनेर म कैलासतर्फ फर्किएंँ । तिमी हराएका दिन देखि तिम्रो वुवा पर्वत राज ‘हिमालय’र आमा ‘मेनका’ निकै दुःखी हुंँदै खोजी गर्दै हिड्दा, तिमीलाई नदी तटमा कठोर साधनारत अवस्थामा देखेर घर जान अनुरोध गर्दा तिमीले म घर जान्न बरु महादेवलाई पति पाउन वर माग्दा मेरो तप र व्रतबाट खुसी भएर भगवान ‘शिव’ले तथास्तु भन्नु भएकोले अब महादेवसंग विवाह गरिदिने भएमा घर जान्छु भन्दा तिम्रो पिताजीले लौ हुन्छ भनेर मन्जुर गरे पछि तिमी पिता हिमालयराजका साथमा घरमा गएकी थियौ । घरमा गएपछि भाद्र शुक्ल तृतीयाको शुभमुहुर्तमा भव्य समारोहमा मेरो र तिम्रो विवाह सम्पन्न भएको थियो ।”

यसैगरी स्कन्द पुराणको माहेश्वर खण्ड केदार खण्डमा’ यही कथा अलिकति फरक देखिन्छ । ‘स्कन्द पुराण’ अनुसार भगवान ‘शंकर’ ध्यानमा मग्नभएको समयमा वहांँको ध्यान कामवासनाबाट उत्तेजित गरी पार्वतीसंग विवाह गराउने उद्देश्यले वसन्तराग सहितको कामवाणले भगवानलाई प्रहार गर्दा भगवान ‘शकंर’को ध्यान छुट्न गयो । आफ्नो ध्यान समाधिमा कामदेवले कामवाण हानेर खलबल्याएको हो भन्ने थाहा पाएपछि कामदेवलाई ताँही भस्म गरिदिनु भयो ।

देवताहरुको शत्रु ‘तारकासुर’ राक्षसलाई पार्वतीबाट जन्मने वालकले मात्र विजय गर्न सक्ने हुंँदा चाँडो शिव पार्वतीको विवाह गराई वालक जन्माउने योजनामा रहेका देवताहरूले परिस्थितिको गम्भिरता देखाएर भगवान शंकरलाई पार्वतीसंग विवाह गर्ने अनुरोध गरेका हुंँदा, कठोर तप गरेकी पार्वतीको व्रतस्थलमा पुगी भगवान शिवले पार्वतीसंग विवाह गर्न मन्जुर गरेको हुंँदा भाद्र शुक्ल तृतीयाको दिनमा शिव पार्वतीको विवाह सम्पन्न भएको कथा छ ।

शिवपार्वतीबाट कुमारको जन्म हुन्छ । कुमारबाट तारकासुर राक्षसको वध भएपछि देवसमाजमा सर्वत्र खुसी मनाइएको कथा छ । शिवपार्वतीको विवाहको खुसीमा त्यस समयदेखि नै महिलाहरुले मनाउदै आएको पर्व हो तीज । तीजको दिनमा व्रत र उपवास बसेर शिव पार्वतीको पुजा गरिन्छ । अविवाहित महिलाले राम्रो पति पाउन, विवाहित महिलाले सौभाग्यको लागि र सुख सम्वृद्धिको कामना गरी यो पुजा गर्ने प्रचलन छ र तीजको पर्सिपल्ट ऋषि पन्चमीको दिनमा ऋषिहरुको पुजा गरी तिज समाप्त हुन्छ । भाद्र कृष्ण द्वितीयाको दिनमा दिदीवहिनी चेलीवेटीलाई माइतीमा डाकेर मीठोे दर खुवाउने, भेटघाट गर्ने, शिवपार्वतीका कथाहरु श्रवण गर्ने, नाचगान गरी रमाइलो गर्ने चलन छ । पन्चमीको दिनमा ऋषिहरुको पुजा गरीसकेपछि तीजको चार दिनको रमाईलो चाड समाप्त हुन्छ ।

समाजको पारिवारिक सुव्यवस्थालाई कायम गर्न विवाहको धेरैे महत्व रहेको, कन्याले स्वेच्छाले वर रोज्न पाउनुपर्ने कुरालाई पनि तिज कथाले सन्देश दिएको छ । तीजले महिलाहरुलाई एक आपसमा एकता कायम गरी आफनो हक अधिकार कायम गर्न र सृष्टि संचालनमा महिलाहरुको समान दायित्व भएकोले कर्तव्यवोध गर्न पनि प्रेरित गर्दछ । समाजमा रहेका सवै धर्म जातिका वीच लोकप्रिय भईरहेको समाजको आधा हिस्सा ओगट्ने महिलाहरुको पवित्र चाड ‘तिजकोे’ यस पावनअवसरमा सम्पूर्ण आमा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …