तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित लिखित परीक्षा नलिई विद्यालयलाई नै आन्तरिक मूल्याङ्कन गर्न जिम्मा दिइएको एसईईको नतिजा सार्वजनिक गरिएको हो ।

एसईईमा चार लाख ८२ हजार ९८६ जना विद्यार्थीले परीक्षाका लागि आवेदन फाराम भरेकोमा चार लाख ७२ हजार ७८ जना विद्यार्थीको प्रामाणिक प्राप्ताङ्क विवरण मात्रै प्राप्त भएको बोर्डले जनाएको छ । विद्यालयबाट आएको विद्यार्थीको प्राप्ताङ्कलाई सङ्कलन, रुजु, ग्रेडिङ गरी नतिजा प्रमाणीकरण गरिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

विद्यार्थीको ग्रेड सिट १५ दिनपछि
यसैबीच, एसईईका विद्यार्थीले बोर्डबाट छाप लागेको ग्रेडसिट (प्रमाणपत्र) १५ दिनपछि पाउनेछ । बोर्डका अध्यक्ष पौडेलले मङ्गलबारदेखि प्रमाणपत्र छाप्न सुरु गरिने जानकारी दिनुभयो । कोरोना भाइरसका कारण पछिल्ला समयमा विभिन्न स्थानमा जारी बन्दाबन्दीका कारण विद्यार्थीको हातमा छिटो प्रमाणपत्र पुर्याउन केही कठिनाइ हुने देखिएको उल्लेख गर्नुभयो ।

गत चैत ६ गते लिनुपर्ने एसईईको नियमित परीक्षा चैत ५ गते स्थगित गरिएको थियो । यसैबीचमा सरकारले पूर्वनिर्धारित हिसाबले परीक्षा सञ्चालन गर्न नसक्ने निष्कर्ष निकालेपछि विद्यालयले यसअघि गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा नतिजा दिने नीतिगत निर्णय सरकारले गरेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …