दक्षिणी चिनियाँ सहर शेनजेनमा केही फ्रोजन (जमेको) चिकेन विङ्समा कोरोना संक्रमण पाइएको छ।
ब्राजिलबाट आयात गरिएका चिकेन विङ्सको नमूना परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। स्थानीय स्वास्थ्य अधिकारी आयातित खाने सामानको नियमित जाँच गरिरहेका थिए। सो क्रममा चिकन विङ्स पनि जाँचिएको थियो।
शेनजेनको स्थानीय सरकारले जनाए अनुसार जो व्यक्ति यी सामग्रीको सम्पर्कमा आएका थिए, उनीहरुमा पनि कोरोना परीक्षण गरिएको थियो। ती व्यक्तिमा पनि कोरोना पाइएको छ।
एक दिन अघि चीनको सरकारी मीडियाले पूर्वी शहर वूहूमा इक्वाडोरबाट आयातित फ्रोजन झीङ्गाको प्याकेजिङमा कोरोना पाइएको बताएको थियो।
शेनजेनका स्वास्थ्य अधिकारीले आयातित मासु र समुद्री खानेकुरामा संक्रमणको खतरा कम गर्न सावधानी अपनाउन जरुरी रहेको बताएका छन्।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …