तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल -वालिङ ,६ मिर्दी

पाण्डवहरुलाई ५ गाउँ सम्म पनि दिन नमाने पछि कुरुक्षेत्रमा युद्धका लागि तैयार भएर संखघोषको प्रतीक्षामा रहेका दुवै तर्फका हजारौ हात्ती  घोडा रथ र वीर योद्धाहरूको  वीचमा पुगेका अर्जुनले विपक्षको तर्फवाट लडाइँमा उपस्थित आफन्तहरुलाई देखेपछि भने “ हे कृष्ण ! मेरो हात कामीरहेको छ, मेरो गाण्डिव धनु पनि हातवाट खस्दै छ , मेरो शरीर पुरै भतभती पोलिरहेको छ , यसरी आफन्तहरुलाई मारेर यो राज्य मलाई चाहिैदन, मेरो सारा सन्तान र आफन्तहरु मर्ने छन् पिन्नपानी बन्द हुनेछ, यसो हुंँदा वर्ण शंकरहरुको जन्म हुनेछ , हाम्राे वंशकाे झन अधोगति हुनेछ ” जस्ता कुरा गरेर युद्दबाट भाग्ने मनसुवा व्यक्त गरे ।

यहांँ उपस्थित सबैसंगको नाता शरीरको हो र शरीरबाहेक अर्को कुनै कुरा सत्य छैन, भन्ने कुरा आंँफूलाई कर्ताको रुपमा बुझेको कारण उनी लड्नबाट भाग्ने कुरा गर्दै थिए । हो, हामी सबैजना चुनौतीपूर्ण कर्म गर्ने समयमा विभिन्न वुद्धिवादी  तर्क गरेर भाग्ने कोशिस गर्दछौ । अज्ञान र लोभ समेतका कारणले हरेक काममा सन्देह र द्विेविधा हुने गर्दछ । हामी सवै आइपरेकाे वेला अर्जुन जस्तै कर्तव्यवाट भागेर सन्देह र द्विविधाको तर्क वोकेर हिड्छौ, सन्सार सवै त्यस्तै नै छ । न त उनका आफन्तहरु अर्जुनले  नलड्दैमा सधै वाँच्छन न त अर्जुन  नलड्दैमा दुर्योधन सधै राजा हुन्छन ।

शरीर र आत्माको यथार्थ ज्ञान नभएको कारण अर्जुन आँफुलाइ कर्ता ठानीरहेका थिए अथवा आँफुलाइ उनीहरूकाे जीवन दाता ठान्दथे, वा समाजका अगिल्तिर उनीहरूलाइ सहानुभुती देखाएर प्रशंसित हुन चाहन्थे, याे पनि एकखालकाे स्वार्थ र अहंकार हाे । 

अर्जुनको  याे माेह र अज्ञान हटाउनका लागि श्रीकृष्णले भने, “ हेर अर्जुन ! हरेक मानिसले आफ्नाे ताेकिएकाे कर्तव्य पुरा गर्नु पर्दछ , शरीर अस्थायी भएको, आत्मा नित्य र अमर रहेको र यो सन्सारमा मानिसमा कर्म गर्ने मात्र अधिकार छ र कर्मकाे फल स्वयं भगवानको हातमा हुने गर्दछ । ” हामीहरुले आँफुलाइ कर्ता ठानेर कर्म गरेको कारणलेनै दु:ख र वन्धनमा हुने हुंँदा गरिएका कर्महरू जति सवै भगवानका भागमा छाडिदियो भने कर्मको वन्धनमा नभइने र फलको इच्छा नराखिकन काम गरियो भने सो कामको लाभ हानीले हाम्राे मन प्रभावित नहुने र फलको आस राखेर गर्दा भन्दा वढी प्राप्त हुने हुंँदा र क्षत्रियले ,राजाले न्याय कायम गर्नेकाे लागि आवस्यक परे लडाइ गर्नु कर्तव्य भएकाेले जीतहार भन्दा पनि कर्तव्य पुरा गर्नकाे लागि पनि याे लडाइमा भागलिन सल्लाह र ज्ञान दिए । 

कृष्ण भन्छन, परम्परागत धर्म र कर्तव्य निर्वाह गर्दा कुनै पाप नलाग्ने वरु युद्दमा जिते राज्य प्राप्त हुने, मरे स्वर्गको प्रप्ति हुने छ ताेकिएकाे कर्म गर्दा मरे पनि कृति रहने र नगर्दा यश गुम्दछ भनेर सम्झाए र कर्ममा खटिएका वेला वदनियत नराखिकन फलकाे आशा नराखिकन लडाइ गर्दा काेही मर्छ भने पनि उसकाे शरिर मर्नेहाे आत्मा मर्दैन र मरेकाे आत्माले सम्मानसहित स्वर्गमा स्थान प्राप्त गर्ने र मार्नेवालालाइ पनि पाप र दोष  नलाग्ने सिद्धान्तका  वारे अर्जुनलाइ बेस्सरी  सम्झाए ।

मानिसको खास उद्देश्य ईस्वरकाे प्राप्ति हो । ईश्वर प्राप्तीकाे लागि सर्वसाधारणहरू जो धेरै बौद्धिक  कुरा जान्दैनन उनिहरुका लागि कर्मको मार्ग, जसमा ईस्वर प्रती आस्था छ र सन्सारको पनि अभिलासा छ उनिहरुलाई भक्तिको मार्ग र जो आफुलाई वुद्दिजीवि ठान्छन उनीहरुलाइ योग तथा ज्ञानको मार्गवाट दुःख मुक्त भइ मोक्ष प्राप्त गर्न सकिने उपदेश दिए । अझैपनि अर्जुनको अज्ञान र भ्रम वाँकी भएकोले सन्देह हटाउन श्रीकृष्णले आफु व्रम्ह भएको र सारा जगत आँफुमा समेटिएको विराट स्वरुपको दर्शन गराएपछि अर्जुनको समग्र अज्ञान हट्यो । 

तव कृष्णकाे व्रम्हशक्ति तथा व्रम्हाण्डकाे असली रूप र लिलालाई अर्जुनले वुझे र भगवानप्रति समर्पित भएर अर्जुनले  भने “ भगवन ! मलाइ हजुरले कृपा गरिकन मेरो उद्धार गरि वक्सियोे ,अव मेरो मोह नष्ट भयो, मेरो सबै शंसय नाश भयो, अब म आत्माको स्थितिमा फर्किएँ, म अब हजुरको आदेशानुसारको काम गर्न तैयार भएको छु ” भनेर अर्जुनले हतियार लिएर काैरव संगकाे लडाइमा सामेल भए । 

युद्दमा अर्जुको पक्षवाट जीत भयो । फलको इच्छावाट प्रेरित भएको,आँफुलाई शरीर र मालिक ठानेर इस्वरकाे सत्तालाइ स्वीकार नगर्ने, आँफुलाइ सर्वस्व ठान्ने, पाखण्ड ,छलकपट, बेइमानी  र धुर्त्याइंँ गर्ने कौरवको पक्ष समुल नष्ट भयो । छलकपटको मार्ग कहिल्यै पनि सफल नहुने, सत्य र इमानको कर्म गर्नेहरूलाइ एकछिन कष्ट आइलागेपनि अन्तमा विजयी हुने सन्देस सहित माहाभारतको युद्द समाप्त भयो । युद्दमा श्री कृष्णले अर्जुनलाई दिएको यो परम ज्ञान जसलाइ ‘ श्रीमद्भागवत गीता’ भनिन्छ सन्सारका लागि र समग्र मानवजातिकाे लागि अहिले पनि त्यत्तिकै सान्दर्भिक र उपयोगी छ । 

धेरैले यसबाट लाभ लिइपनि रहेका छन् । गीता सम्पुर्ण हिन्दु ग्रन्थहरुको साररुप हो, तर याे ज्ञान कुनै पनि सम्प्रदाय वा धर्म विशेषवाट माथि छ, जुनसुकै धर्ममा आस्था राखेता पनि यसमा वर्णित ज्ञानकाे रसपान गर्न सके आध्यात्मिक लाभ र व्रम्ह सम्वन्धी रहस्य र उत्तर प्राप्त गर्न सकिन्छ । यसमा घेरै अमुल्य संवाद र ज्ञान छ ,सानो लेखमा समेटिन सक्ने विषय भएन तैपनिे द्वापर यूगकाे भाद्र कृष्ण अष्टमीकाे तिथिमा मथुरामा भएकाे कंशकाे कष्टपूर्ण वन्दिगृहमा, जन्म लिएर पनि सन्सारमा कष्ट र वन्धनरूपी गृहमा रहेका तमाम जीव तथा चराचरलाइ मुक्ति दिएर कल्याण गरेका र कल्याण गर्ने अपूर्व गीतारूपी ज्ञान दिने श्रीकृष्णलाई,कृष्ण जन्माष्टमीको यस पावन तिथिमा पुष्पान्जली समर्पण गर्दछु, जय श्री कृष्ण ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …