तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीसंग २०७६ मा परीक्षा आवेदन फाराम भरी २०७७ मा संचालन हुने भनिएको परीक्षा शुल्क बापत लिइएको रकम रू ६०० मध्ये रू ४०० परीक्षार्थीलाई नै फिर्ता दिने भएको छ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा व्यवस्था भएअनुसार कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन विद्यालयले नै गर्ने भएकोले २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुनका लागि परीक्षा शुल्क बोर्डमा बुझाइसकेका विद्यार्थीहरूको सम्बन्धमा विद्यार्थीहरूले सम्बन्धित विद्यालयमार्फत बोर्डमा बुझाएको परीक्षा शुल्क रु.६००।मध्ये परीक्षा सञ्चालन तयारीका क्रममा भएको खर्च वापत रु.२००। बाँकी रु.४०० नियमित परीक्षार्थीका हकमा आगामी वर्ष सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा शुल्कमा समायोजन गर्ने र आंशिक ग्रेड वृद्धि परीक्षार्थीहरूका हकमा बोर्डले सञ्चालन गर्ने वार्षिक परीक्षामा सहभागी हुने भएमा सोही परीक्षा शुल्कमा समायोजन गर्ने, परीक्षामा सहभागी हुन नपर्ने विद्यार्थीहरूका हकमा कक्षा १२ को प्रमाणपत्रको शुल्कमा समायोजन गर्ने निर्णय भएको ब्यहोरा अवगत गराउँदै बोर्डले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरेको हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …