तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वीरगन्ज नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, वीरगन्ज कारागारका जेलर श्रवण पोखरेलसहित थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १७ जना बाराको सिमरा क्‍वारेन्टाइन र बाँकी पर्साका हुन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार २४ महिलासहित ५ देखि ७४ वर्ष उमेर समूहका १ सय ३३ जना नयाँ संक्रमित थपिएका हुन् । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले फ्रन्टलाइनमा काम गर्दागर्दै कोरोना संक्रमित भएको बताए ।

रिपोर्ट आउनमा ढिलाई भएको प्रति उनको गुनासो छ । ‘श्रीमती र छोरा मसँगै छन्,’ उनले भने, ‘मेरो र श्रीमतीको रिपोर्ट पोजिटिभ आएको छ, छोराको निगेटिभ । तर, छोरा यो बीचमा हामीसँग बसेको छ ।’ साउन १६ मा दिएको स्वाबको नतिजा साउन २० को राति आयो । रिपोर्ट छिट्टै आएको भए छोरालाई अलग्गै राख्न हुन्थ्यो । रिपोर्टको ढिलाईले पनि समुदायमा कोरोना फैलिएको हो । महानगरपालिका कार्यालयका अरु १० जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कारागारका जेलर श्रवण पोखरेलले साउन १८ गते दिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको बताए । साउन १२ गतेको स्वाब परीक्षणमा पोखरेलको रिपोर्ट निगेटिभ आएको थियो । त्यसबेला कारागारका २२ जनाले स्वाब परीक्षण गर्न दिएकोमा कैदीबन्दीसहित १३ जनाको पोजिटिभ आएको थियो । ‘कन्ट्याक्ट ट्रेसिङ’को क्रममा साउन १८ गते जेलरसहित १ सय १८ जनाले स्वाब दिएका थिए । जसमध्ये जेलर पोखरेलसहित ३४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

नेपाली सेनाका ३ जना, वीरगन्ज भन्सारमा खटिएका ३ जना सशस्त्र प्रहरीमा समेत कोरोना पुष्टि भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …