तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सरकारले सहसचिव वीरबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रिय योजना आयोगका वरिष्ठ सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले बढुवा सिफारिस समितिले तीन नम्बरमा सिफारिस गरेको व्यक्तिलाई सचिव बनाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले राईलाई सचिवमा बढुवा गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । । राई राष्ट्रिय योजना आयोगमा कार्यरत छन् ।

लोक सेवाआयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले केही दिनअघि वरिष्ठ सहसचिवहरू चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राईको नाम सचिवका लागि सिफारिस गरेको थियो । श्रेष्ठले केही दिनअघि भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि दोस्रोपटक सचिवका लागि उनको नाम सिफारिस भएको हो । सञ्चार मन्त्रालयमा कार्यरत सहसचिव दुवाडीको नाम भने समितिले पाँचौ पटक सिफारिस गरेको हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …