तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जाबाट बुलेट चढेर पोखरातर्फ आएका एक युवक बेपत्ता भएको ठिक १ महिनापछि मृत फेला परेका छन् ।

स्याङ्जाको चापाकोट–५, सेखाम घर भई पोखरा–५, पस्र्याङ बस्ने १९ वर्षीय पंकज गिरी सोमबार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा–सुनौली सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भालुपहाडमा राजमार्गभन्दा ४ सय मिटर तल झ्याङमा अडिएको अवस्थामा सोमबार उनको शव फेला परेको हो ।

गत असार १८ मा स्याङ्जा बाडखोलाबाट ना ४० प ३७२० नम्बरको बुलेट बाइक चढेर पोखरा आएका गिरी लामो समयसम्म परिवारको सम्पर्कमा नआउँदा घटना रहस्यमय बन्दै गएको थियो । परिवार तथा आफन्तले उनको निकै खोजीनीति गरेका थिए ।

उनी बेपत्ताको ठिक १ महिनापछि साउन १८ मा भालुपहाड तल सेतीखोला खोंचमा माछा मार्ने मानिसहरुले दुर्घटनाग्रस्त एक मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सो बाइकको हुलिया प्रहरी र परिवारका सदस्यको सहयोगमा गिरी नै चढेको खुलेपछि उनी दुर्घटनामा परेको आशंकामा प्रहरीले अघिल्लो दिनदेखि त्यसक्षेत्रमा खोजी तीव्र पारेको थियो । प्रहरीले सोको भोलिपल्ट सोमबार (साउन १९) दिउँसो १ बजे मात्र मोटरसाइकल फेला परेको स्थानभन्दा करिब ३० मिटरमाथि पहाडको झ्याङमा कपडासहित उनको कंकाल भेटाएको हो ।

आफन्तले शव पहिचान गरेपछि उनीहरुको जिम्मा लगाइएको कास्की प्रहरीले जनाएको छ । पोखराको बाग्लुङ बसपार्कस्थित सुनील अटो पार्टस्मा काम गर्ने गिरी लकडाउन सुरु नहुँदै स्याङ्जा गएको बताइएको छ ।

उनले घर जाँदा चैत ८ मा पोखरा लेकसाइडस्थित पोखरा मोटरसाइकल रेन्ट हाउसबाट सो बाइक भाडामा लिएको खुलेको छ । गिरी हराएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाममा समेत निवेदन दिएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …