धनगढी – सुदूरपश्चिम प्रदेशमा आज थप ६१ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, भेरी अस्पताल नेपालगञ्ज र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आज ६४ जनामा कोरोना पुष्टि भएको हो।
आज मात्रै कैलालीका ४५ जनामा कोरोना देखिएको छ । त्यसपछि कञ्चनपुरका १५ र अछामका चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३५ र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै भेरी अस्पताल नेपालगञ्जमा कैलालीका थप एकजनामा कोरोना पुष्टि भएको प्रवत्ता गौतमले बताए। यता सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप २० जनामा कोरोना पुष्टी भएको छ ।
जसमध्य ६ महिला १४ पुरुषमा गरी २० जनामा कोरोना देखिएको सेती प्रादेशिक अस्पतालले जारी गरेको आजको प्रेस नोटमा उल्लेख गरिएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …