तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मोरङ विराटनगर महानगरपालिकाका कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको छ । विराटनगर-५ का ७७ वर्षीय ती पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै मोरङमा कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन् । 

कोसी अस्पतालका प्रवक्ता लक्ष्मिनारायण यादवका अनुसार श्वासप्रश्वास समस्या लिएर सोमबार आएपछि उनलाई आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्दा कोभिड-१९ पोजिटिभ देखिएको थियो ।यसैबीच प्रदेश १ का मुख्य न्यायाधीवक्ता चूडामणि आचार्यसहित सोमबार विराटनगरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर-५ मा बस्दै आएका आचार्यका परिवारका अन्य दुई सदस्यमा समेत संक्रमण पुष्टि भएको हो ।

‘मुख्य न्यायाधिवक्ता आचार्यलाई यसअघि दुई दिन ज्वरो आएर निको भइसकेको थियो,’ विराटनगर महानगरका जनस्वास्थ्य महाशाखाका मोहोम्मद हैदर अलीले भने, ‘आचार्यलाई संक्रमणको स्रोत खुलेको छैन ।’ उनी नियमितरुपमा कार्यलयको काम र बैठकहरुमा सहभागी हुँदै आएकाले प्रदेशका मन्त्रीलगायतका उच्च पदस्थ कर्मचारीहरुमा संक्रमणको जोखिम बढेको अलीको भनाई थियो ।

विराटनगरमा देखिएका संक्रमतिमध्ये न्यूरो अस्पतालका ३ जना नर्स र म्याक्स अस्पतालका एक जना कर्मचारी छन् । प्रदेश प्रहरी कार्यालयका थप ७ जनामा प्रहरी अधिकारीमा संक्रमण पुष्टि भएको उनले बताए । यस्तै, कोशी अस्पतालमा कार्यरत थप २ जना स्वास्थ्यकर्मी र विराट मेडिकल कलेजमा कार्यरत एक जना र अन्य सर्वसाधारणमा कोरोना पुष्टि भएको अलीले बताए ।

यस्तै, रंगेली नगरपालिकामा पनि २२ जनामा कोरोना संक्रमण देखिएको छ । रंगेलीमा १३ पुरूष र ९ महिलामा संक्रमण देखिएको हो ।

विराटनगर महानगरमा हालसम्ममा १ सय ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा ३१ जना निको भएर घर फर्किसकेको अलीले बताए । महानगरले समुदायमै संक्रमण फैलिसकेको भन्दै नियन्त्रणका लागि शुक्रबार मध्यरातिदेखि दुई साताका लागि लकडाउन गरेको छ । मोरङमा संक्रमितको संख्या ३ सय ७६ पुगेको छ जसमा २ सय १३ जना निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …