तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउन आइतबार अन्तरिम आदेश दिएको छ ।

न्यायधीश रामबहादुर थापाको इजलासले स्थानीय प्रशासन ऐन २०२८ अनुसार शिक्षण संस्थामा तालाबन्दी जस्ता कुनै पनि अवरोध पुर्‍याउन नहुने भन्दै अन्तरिम आदेश जारी गरेको हो । आदेशमा विश्वविद्यालयको केन्द्रीय कार्यालय, सचिवालयमा तालाबन्दी जस्ता अवरोधजन्य कार्य नगर्नु, नगराउनु, सुचारु रुपमा सञ्चालन गर्न दिनु भनिएको छ ।

अदालतका अनुसार त्रिविका कर्मचारी महेश्वरमान श्रेष्ठले दायर गरेको रिटमा सुनुवाई गर्दै अल्पकालीन समयका लागि अन्तरिम आदेश जारी गरेको हो । त्रिविका पदाधिकारीका कार्यालयमा विभिन्‍न माग राखि प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल विद्यार्थी संघले विभिन्‍न समयमा तालाबन्दी गरेका थिए । अदालतले साउन २३ गते दुवै पक्षलाई तारेखमा समेत डाकेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …