तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गुल्मीको रुरु गाउँपालिका–५ आँटीपाटामा शुक्रबार गएको पहिरोमा एकैघरका चार जना पुरिएका छन् । एक बालकको शव फेला परेको छ । तीन जना बेपत्ता छन् ।

घर माथिबाट ढुंगासहित बगेर आएको पहिरोले राजु माझीको घर बगाएको हो । पहिरोमा पुरिएर उनकी श्रीमती विना माझी, १२ वर्षभन्दा कम उमेरका दुई छोरा सागर र हेमन्त पहिरोमा बेपत्ता छन् । करिब ४ वर्षीया छोरी विनिताको शव फेला परेको छ ।

साँझ ६ बजेपछि परेको मुसलधारे वर्षाले पहिरो गएको र पहिरोमा तीन जना बेपत्ता र एक जनाको मृत्यु भएको वडअध्यक्ष हरि ज्ञवालीले बताए । ‘तीन जना पहिरोमै बेपत्ता छन्,’ उनले भने, ‘एक जना बालिकाको मृत्यु भएकै अवस्थामा शव फेला परेको छ ।’ पानी परिरहेकाले उद्धार र खोजीमा समस्या भइरहेको उनले बताए ।

घटनास्थल गुल्मीको सदरमुकाम तम्घासबाट झण्डै ४० किलोमिटर पूर्वमा पर्छ । घटनास्थलमा रिडी र श्रृंगा प्रहरी चौकीबाट प्रहरी जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …