तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले यही साताभित्र आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । कोरोना संक्रमण र बाढीपहिरोका कारण नतिजा प्रकाशित गर्न केही दिन ढिलो हुने बोर्डले जनाएको छ ।

७७ वटै जिल्लाबाट विद्यार्थीले प्राप्त गरेको अंकको विवरण प्राप्त भइसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।‘विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइरहेको छ,’ उनले भने, ‘अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भएपछि सार्वजनिक गर्छौं ।’ उनका अनुसार केही जिल्लाको मात्रै रिजल्ट तयार पार्ने काम बाँकी छ । ‘प्राविधिक कठिनाइ नआए २/३ दिनमै नतिजा प्रकाशित गर्न सकिन्छ,’ उनले भने, ‘सकेसम्म बुधबार (साउन २१) भित्र गर्ने लक्ष्य राखेका छौं ।’

यस पटक ४ लाख ८२ हजार परीक्षार्थीले एसईई दिएका छन् । विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षा (आन्तरिक मूल्यांकन) का आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । नतिजा प्रकाशन गरेपछि परीक्षार्थीलाई बोर्डले नै ग्रेडसिट प्रदान गर्नेछ । विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा एसईईका विद्यार्थीलाई प्रमाणपत्र दिने गरी बोर्डले कार्यविधि बनाएको छ । कार्यविधिअनुसार प्रधानाध्यापक अध्यक्ष रहेको परीक्षा समितिले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई विद्यार्थीले प्राप्त गरेको अंक सिफारिस गर्नेछ ।

विद्यालयले सिफारिस गरेको अंक इकाइले प्रमाणित गरी बोर्डमा पठाइसकेका छन् । सोही अंकका आधारमा ग्रेडिङ पद्धतिबाट नतिजा प्रकाशन हुनेछ । नतिजा प्रकाशनमा कुनै त्रुटि, नतिजा स्थगित वा छुट भएमा सम्बन्धित विद्यालयको सिफारिससहित नतिजा प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित इकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषद्ले कोरोना संक्रमणका कारण परीक्षा सञ्चालन गर्न असम्भव भएको भन्दै आन्तरिक मूल्यांकनकै आधारमा प्रमाणपत्र दिने निर्णय गरेको थियो । एसईई चैत ६ बाट सुरु हुने तालिका थियो । कोरोना महामारीका कारण सरकारले चैत ५ गते राति एसईई स्थगित गर्ने निर्णय गर्‍यो । महामारी बढ्दै गएको र परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै जेठ २८ गते परीक्षा नै रद्द गर्ने निर्णय गरिएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …