तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशील सुबेदी

नेशनल हाइड्रो पावर द्धारा प्रबर्दित इन्द्रावती तेश्रो जलबिद्युत आयोजनाको ड्याम साइडमा गएको भिषण पहिरोको कारण आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङपाल ८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको ड्याममा गएराति २ बजे तिर पहिरो खसेकोे थियो । पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य गेट, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) तथा पोखरीलाई पुर्ण रुपमा क्षति पुर्‍याएको छ ।

पहिरोले तिपेनीबजार तथा पहिरो माथिको मानब बस्ती समेत जोखिममा परेको छ । निरन्तरको बर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण तथा बिस्तारको कारण उक्त क्षेत्रमा यसअघि पनिपहिरो खस्दै आएको थियो । पहिरोको कारण सवारी साधन तथा मानिसहरुको आवतजावत समेत बन्द भएको छ । उक्त स्थानमा बैकल्पिक बाटो समेत नहुँदा सयौँ मानिस बिचबाटोमै अलपत्र परेका छन् । पहिरोको कारण अलपत्र मानिसको उद्धार तथा अबरुद्ध बाटो खुलाउन तत्काल लागि पर्ने पाँचपोखरी थाङपाल गाउँपालिकाकाअध्यक्ष टासि लामाले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …