तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालमा कोरोना संक्रमणबाट २४ घन्टामा थप तीनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला सुनसरी नगरपालिका ८ निवासी ४५ वर्षीय पुरुष रहेका छन् । उनको मृत्यु साउन १४ गते भएको हो । उनलाई ज्वरो र स्वासप्रश्वासको समस्या थियो । 

त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ७ निवासी ७० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मुटु तथा मधुमेहका रोगबाट ग्रस्त उनको साउन १४ गते मृत्यु भएको हो । उनी नारायणी अस्पतालमा उपचाररत थिए । साथै मृत्यु हुनेमा पर्सा वीरगन्ज महानगरपालिका ५ निवासी ६८ वर्षीय पुरुष छन् । उनको नेशनल मेडिकल कलेजमा उपचाररत रहँदा बुधबार मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यो सँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …