तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सोमवारदेखि परेको अविरल वर्षासँग आएको बाढीपहिरोले कालिकोट जिल्लामा ३ दिनमा १० जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।

मंगलवार राति नरहरीनाथ गाउँपालिका–७ बागामा पहिरो जाँदा एकै परिवारका ७ जना र वडा नम्बर ४ माझगोठमा पतिपत्नीको मृत्यु भएको छ ।

बागामा पहिरो जाँदा ६२ वर्षीय गंगे बुढाको घरमा पहिरो खस्दा पुरिएर ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गंगेसहित उनकी पत्नी ६२ वर्षीया मैना बुढा, २४ वर्षीया बुहारी उषा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, नातिहरू ७ वर्षीय राम बुढा, डेढ वर्षीय चरित्र बुढा र १८ वर्षीय विमला बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । घटनामा परी ४ जना घाइते भएको छन् । 

मंगलवार राति नै नरहरीनाथ–४ माझगोठमा पहिरोले घर भत्किँदा ६५ वर्षीय बाले बुढा र उनकी पत्नी ६२ वर्षीय मन बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । सोमवार राति रास्कोट नगरपालिका–१ तुसारखोलामा आएको पहिरोले टेकबहादुर टमटाको घर बगाउँदा घरमा बस्न आएकी महावीर शाहीकी १४ वर्षीया छोरी बेलपुरा शाहीको मृत्यु भएको थियो ।

सोमवार राति रास्कोट नगरपालिका–१ घरमा सुतिरहेको अवस्था पहिरोले घर बगाउँदा घरमूली ५० वर्षीय जयबहादुर शाही, उनकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशी शाही, ८ वर्षीय छोरा नविन शाही र डम्बरबहादुर शाहीकी १५ वर्षीया छोरी अस्मिता शाही बेपत्ता भएको छन् । बेपत्ताको खोजी कार्य जारी रहेको सूचना अधिकारी जोशीले जानकारी दिए ।

मंगलवार दिउँसो तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा आएको बाढीले बगाउँदा १ महिला बेपत्ता भएकी छन् । बाढीले बगाउँदा खाँडाचक्र–६ दाहाँकी ५० वर्षीया अविसरा शाही बेपत्ता भएकी हुन् । आइतवार नरहरीनाथ गाउँपालिका–८ का १६ वर्षीय पारस भण्डारा पहिरोमा परिएर बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको छ ।

हालसम्म ४ वटा घर पूर्णरुपमा क्षति भएको बताउँदै जिल्ला प्रहरी कार्यालयले कति रकम क्षति भयो भन्नेभन्दा पनि उद्धारमै ध्यान दिइरहेको जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …