तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कैलालीमा १५० भन्दा बढी घर डुबानमा परेका छन् । मङ्गलबाररातिबाट भइरहेको अविरल वर्षाका कारण विभिन्न नदीमा बाढी आउँदा डुबान भएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकामा मात्रै १२० भन्दा बढी घर डुबानमा परेका छन् । सो नगरको वडा नम्बर ५ स्थित जबलपुर गाउँका ५०-६० घर डुबानमा परी जोखिम बढेपछि घरमा बसेका सबै मान्छेलाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभयो । ‘उनीहरुलाई नजिकको सुरक्षित स्थानमा सारिएको छ’, उहाँले भन्नुभयो । सो गाउँमा काँढा नदीको बाढी पसेको छ ।

यसैगरी, भजनी नगरपालिका–२ र ३ स्थित मोहनपुर, ढुसी र काँढा गाउँमा काँढा नदीको बाढी पसेर करिब ६० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।काँढा नदीको बाढी ‘ओभरफ्लो’ भएर सडकमा आएपछि भजनी–जोशीपुर सडक र मोहनपुर गाउँबाट महादेउली गाउँ जाने सडक अवरुद्ध भएको छ । मोहना र काँढा नदीको बाढीले भजनी नगरपालिका–३ वडाका अधिकाङ्श ठाउँ डुबानमा परेका वडा अध्यक्ष विक्रम चौधरीले जानकारी दिनुभयो ।

यस्तै, जोशीपुर गाउँपालिका–३ स्थित फरिया गाउँमा काँढा नदीको बाढी पसेर २५ घर र वडा नम्बर ४ स्थित झबही गाउँको खैरेनी टोलमा पथरैया नदीको बाढी पसेर सात घर डुबानमा परेको छ । वडा नम्बर ५ मा पनि केही घर डुबानमा परेको छ ।अविरल वर्षाका कारण जिल्लास्थित कर्णाली, मोहना, पथरैया, काँढा, कान्द्रा, घुरहा, खुटिया, कटैनी लगायतका सबै नदी र खोलानालामा बाढी आइ पानीको बहाव उच्च भएको छ । जिल्लाको सबैभन्दा ठूलो कर्णाली नदीमा पानीको सतह ९.६० मिटर पुगेको छ । यो सतर्कताको नजिक हो । कर्णालीमा पानीको सतह १० भएमा सतर्कता अपनाउन आवश्यक हुने गरेको ‘गेज रिडर’ पार्वती गुरुङले बताउनुभयो । यसैगरी, कर्णालीमा पानीको सतह ११ मिटर पुग्नु खतराको सङ्केत मानिन्छ ।

नदीमा आएको बाढीका कारण जिल्लाका सबै होचो ठाउँमा डुबान भएको प्रहरी नायब उपरीक्षक बिष्टले बताउनुभयो । उहाँले बर्दगोरिया गाउँपालिका र टीकापुर नगरपालिकामा पनि डुबान भएको र विस्तृत रिपोर्ट आउन बाँकी रहेको उल्लेख गर्नुभयो ।यसैगरी, वर्षाको पानी जमेर धनगढी उपमहानगरपालिका–३ को मिलनचौक, बोराडाँडी क्षेत्रमा डुबान भएको छ । यस्तै, पार्कचौकमा पनि पानी जमेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …