तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ । नयाँ शैक्षिक सत्र अब तत्काल सुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ । विद्यालय शिक्षा परीक्षा (एसईई)को नतिजा आउनसाथ कक्षा ११ को नयाँ शैक्षिक सत्र कार्यान्वयनमा आउनेछ । एसईईको नतिजा अन्तिम अवस्थामा पुगिसकेको छ । 

विगत तीस वर्षदेखि कक्षा ११ मा धेरै विषयको पाठ्यक्रम परिमार्जन हुन नसकेको अवस्थामा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णयमा पुनः विचार नहुने र ढुक्क भएर यसको तयारी थाल्न पाठ्यक्रम विकास केन्द्रका अधिकारीहरूले आह्वान गरेका छन् । केन्द्रका निर्देशक गणेश भट्टराईले सानातिना समस्या भए पनि आफ्नो निर्णयबाट सरकारपछि नहट्ने बताउनुभयो । 

राजनीतिक प्रणाली परिवर्तन भए पनि पाठ्यक्रममा परिमार्जन हुन नसकेको उल्लेख गर्दै नयाँ पाठ्यक्रम लागू गर्ने अवसरबाट पछि हट्न नहुने र सरकार यसमा अडिग रहेको उहाँले बताउनुभयो । कक्षा ११ को नेपाली, अङ्ग्रेजी र सामाजिक तथा जीवन उयोगी शिक्षा गरी तीनवटा अनिवार्य विषयका पुस्तक सरकारले नै उपलब्ध गराउने जानकारी उहाँले दिनुभयो । केन्द्रले हालसम्म ७५ वटा विषयको नयाँ पाठ्यक्रम तयार पारेको जनाएको छ । 

पाठ्यक्रममा भएका कमी कमजोरीलाई बर्सेनि परिमार्जन गर्न सकिने उल्लेख गर्दै उहाँले शिक्षकको तालिम, अभिमुखीकरण लगायतमा सरकारले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । हाल विद्यालय तहमा कार्यरत शिक्षकबाटै कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

तयारी थाल्दै विद्यालय 

विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाले भने नयाँ पाठ्यक्रम लागू गर्न तयारी सुरु गरेको उल्लेख गर्दै यसको कार्यान्वयनका लागि सरकारबाट विशेष सहयोग हुनुपर्ने अवस्था रहेको जनाएका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष कृष्ण थापाले नयाँ पाठ्यक्रम लागू गर्न ढिला भइसकेको उल्लेख गर्दै राजनीतिक व्यवस्थाको जग बसाल्न पनि नयाँ पाठ्यक्रम लागू गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । राजनीतिक प्रणाली परिवर्तन भए पनि त्यसबारे विद्यार्थीलाई जानकारी दिन नसकिएको अवस्थामा नयाँ पाठ्यक्रम लागू गरिने कुरामा विलम्ब हुन नहुने उहाँको भनाइ छ । विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्ब कँडेलले धेरै ठूलो धनराशि खर्च गरेर नयाँ पाठ्यक्रम निर्माण गरिएकाले यसको कार्यान्वयन यसै वर्षबाट गरिनुपर्नेमा जोड दिनुभयो । 

विद्यालयहरूले नयाँ पाठ्यक्रम लागू गराउन आवश्यक तयारी थालेको उहाँको भनाइ छ । पाठ्यपुस्तक लेखक गोविन्द भण्डारीले नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू गरिनुपर्ने स्पष्ट गर्दै शिक्षकको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । सरकारले २०७६ माघ २ गते कक्षा ११ मा यसै शैक्षिक सत्रबाट र कक्षा १२ मा आगामी शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …