तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाल उद्योग वाणिज्य महासंघको यही २५ र २६ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ । 

बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गरेको महासंघ अध्यक्ष भवानी राणाले बनाइन् । लकडाउन खुला गरे पनि सरकारले सभा, सम्मेलन, भोजभतेर नगर्नु भनेको छ उनले भनिन त्यसैले हामीले निर्वाचन स्थगित गर्ने निर्णय गरेका हौं ।यदि सरकारले सभा, सम्मेलन गर्न पाइने सूचना जारी गरेमा त्यसको १५ दिनभित्र निर्वाचन गर्ने निर्णय पनि गरेको उनले बताइन् । 

बैठकमा पदाधिकारीहरु र ८ जना पूर्वअध्यक्षहरु सहभागी थिए । सबैले सरकारको निर्णयलाई मान्नुपर्ने धारणा राखेपछि निर्वाचन स्थगितको निर्णय भएको हो । 

महासंघको वरिष्ठ अध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्थाअनुसार अबको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लिदैछन् । वरिष्ठ उपाध्यक्षलाई मुख्य पद मानी अर्को निर्वाचन हुनुपर्ने हो । 

उक्त पदमा हालका उपाध्यक्षद्वय चन्द ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरुसहित विभिन्न पदका लागि चैत्र २८ र २९ गते निर्वाचन हुनुपर्ने थियो । तर चैत्र ११ गतेबाट सरकारले लकडाउनको घोषणा गरेपछि निर्वाचन स्थगित भएको थियो ।

असारमा अन्तिम साता महासंघले निर्वाचन साउन अन्तिममा गर्ने निर्णय गरे पनि पुन: स्थगित भएको हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …