तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशील सुबेदी

मौषमको प्रतिकुलताका बाबजुत पनि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भोटेकोशिका बाढि पिडितका बारेमा जानकारी लिनुभएको छ । उहाँ आफैँ पुगेर स्थलगत अनुगमन समेत गर्नुभएको थियो ।

उहाँले चिनिको नेलम जिल्लाका समकंक्षिहरु सँगपनि भेटवार्ता गर्नुभएको छ । उहाँले जिल्ला विपद् ब्यबस्थापन समिति बाट पठाएको राहत बास्तबिक पिडितले पाएकि पाएनन् भन्ने विषयमा चासो लिनुभएको थियो ।

भोटेकोशिका नागरिकहरु सँग कुरा गर्दै उहाँले आवश्यकता के छ भन्दै प्रश्न गर्नुभएको थियो । जवाफमा बाढि पिडितहरुले गाँसको र बासरको समस्या रहेको सुनाएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । 

उहाँले चिनियाँ समकक्षि सँग पनि जिल्लाको बाढि पिडितहरुको बारेमा जानकारी गराउँदै राहतको अपेक्षा गर्नुभएको थियो । भेटमा समकंक्षिले आफुले सकेको सहयोग गर्ने बचन दिएका छन् । विपदमा परेका नागरिकलाइ जिल्ला विपद् ब्यबस्थापन समितिले टेण्ड, त्रीपाल,र नगद १० हजार रुपिँया सहयोग गरेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …