तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

आइतवारदेखिको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । निरन्तरको वर्षापछिको बाढी र पहिरोले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध गरेका छ भने कतिपय ठाउँ डुबानमा परेका छन् ।

राजधानी काठमाडौं उपत्यका जोड्ने प्रमुख नाका पृथ्वी राजमार्ग सोमवार दिउँसोदेखि अवरुद्ध भएको छ । धादिङ र चितवनको सीमामा पर्ने मौवा खोलाको पुलमा बाढीले क्षती गरेपछि सोमवारदेखि राजमार्ग ठप्प छ ।

मौवाखोलामा धादिङ पट्टीको सडकमा समेत क्षती गरेको छ । राजमार्ग अवरुद्ध भएपछि काठमाडौं भित्रने सवारी साधन बिच बाटोमै रोकिएका छन ।

पृथ्वी राजमार्गको अन्य ठाउँमा पनि पहिरोले क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । नारायणगढ मुग्लिङ सडकखण्डको विभिन्न स्थानमा पनि सडक अवरुद्ध भएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले अवरुद्ध राजमार्ग दिउँसोसम्म एकतर्फी रुपमा संचालन गर्ने प्रयास भइरहेको बताएका छन् ।

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्ड पनि अवरुद्ध भएको छ । अविरल वर्षापछिको काठमाडौं उपत्यकाका केही क्षेत्र डुबानमा परेका छन् । ललितपुरको इमाडोल, टीकाथली र गोदावरी खोला आसपासको क्षेत्रमा सोमवार दिउसो बाढी पसेको महानगरीय प्रहरी प्रभाव ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

बाढीका कारण नारायणी नदीले सोमवार खतराको विन्दु पार गरेको थियो । जल तथा मौसम विज्ञान विभागले मंगलवार बिहानै सूचना जारी गर्दै चितवनको सौराहा क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …