सिन्धुपाल्चोकको मेलम्चीस्थित आइसोलेसनमा रहेका १३ जना कोरोना सङ्क्रमितहरूले एकै पटक कोरोनालाई जितेर घर फर्केका छन् ।
२२ जना रहेको आइसोलेसनबाट आज एकै दिन ११ जनाको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना नभएको आएपछि घर फर्किएका हुन् ।
१३ जनाको रिपोर्ट कोरोना नभएको आए पनि अविरल वर्षाका कारण घर जान नसक्ने भएपछि एक दम्पती भने आइसोलेसनमानै रहेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो ।
ती दम्पती बाहेक अब मेलम्ची नगरपालिकाको आइसोलेसनमा सात जना रहेका छन् भने क्वारेनटाइनमा नौ जना रहेका छन् । आज बिदाइ हुनेहरूमा इन्द्रावती गाउँपालिकाका एक जना र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको १२ जना रहेको उपप्रमुख नेपालले बताउनुभयो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …