तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

लगातारको वर्षाले नारायणी नदीको सतह बढ्दै गएपछि नदी वरपरका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले सुचना जारी गर्दै बिहान १० बजे नारायणी नदी देवघाट बाढीमापन केन्द्रमा जलसतह सतर्कता खतराको तहमा पुगेको र बढ्दो क्रममा रहेकाले चितवन र नवलपरासीको नारायणीको तटीय क्षेत्रमा हुनेहरूले बेलुकासम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पनि नदी तटमा बस्नहरूलाई उच्च सर्तकता अपनाउन आग्रह गर्नुभएको छ ।

चितवनतर्फ भरतपुर महानगरको वडा नम्बर १६,२६,२७ र २८ का बासिन्दा नारायणी नदी कटान तथा डुबानको उच्च जोखिममा रहेकाले उच्च सर्तकता रहनुहोला प्रजिअ भट्टराईले सुचनामा भन्नुभएको छ ।

यस्तै राप्ती नदीको सतह पनि क्रमशः बढ्दै गएकाले नदी किनारका बासिन्दाहरूलाई पनि सर्तक रहन उहाँले आग्रह गर्नुभएको छ । राप्ती नदीमा बाढी आए विशेष त रत्ननगरको सौराहा र भरपुरको २२, २७ र २८ मा असर गर्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …