तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै साढे १६ करोड रुपैयाँ हराएको छ। अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो। सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ मौज्दात छ। बैंकमा १६ करोड ४४ लाख ८ हजार रुपैयाँ घटी देखिएको छ। घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

यो पनि पढनुहोस मोबाइल पत्रकारिता गर्नुहोस

मोबाइल पत्रकारिताको सुअवसर : आवाज विहीनहरूको आवाज बन्दै – आगमन खबर

तत्कालीन ग्लोबल बैंकमा २ करोड ६४ लाख ३८ हजार ऋणात्मक मौज्दात देखाएकोमा बैंक विवरण प्राप्त नभएकाले स्थिति जानकारी हुन नसकेको प्रतिवेदनमा जनाइएको छ। अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले ग्लोबलमा बैंकिङ कारोबार नगरिएको बताए। ‘खाता नभएको बैंकमा कसरी कारोबार हुन्छ र ?  डा. खड्गाले भने।

यसैगरी नेपाल बैंकमा पाँच खाता, नबिल बैंकमा एक खाता र हिमालयन बैंकको एक खाता (राहत खाता)मा अस्पतालको स्रेस्ताअनुसार १ करोड ६२ लाख २० हजार मौज्दात थियो। तर, बैंकमा ११ लाख ७० हजार मात्र मौज्दात देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

बैंकमा घटी मौज्दात देखिएको सम्बन्धमा छानबिन गरी उक्त रकम प्राप्त हुनुपर्ने सुझाव महालेखाले प्रतिवेदनमार्फत दिएको छ। ‘नाम लिइएका ती सबै बैंकमा अस्पतालको आर्थिक कारोबार नै हुँदैन। अस्पतालको खाता होइन जस्तो लाग्छ। धेरै पहिलाको विषय भएकोले मलाई यसबारे धेरै थाहा छैन खड्गाले भने।

यसैगरी अस्पतालले आयकर ऐन २०५८ बमोजिम भुक्तानीमा कर कट्टा गर्नुपर्नेमा ६ करोड ४१ लाख १ हजार रुपैयाँ कट्टी गरेको कर रकम दाखिला नगरी दायित्व देखाएको छ। उक्त रकम राजस्व खातामा दाखिला हुनुपर्दछ। अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …