तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

राजधानीको कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गरिने भएको छ । बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गर्ने पैँतीस वर्ष अघिको योजनाले गति लिएपछि अस्पताल अध्ययन संस्थान बन्ने देखिएको हो । बाल स्वास्थ्य अध्ययन संस्थानका रूपमा विकास गर्न सरकारले नीति तथा कार्यक्रममा राखेपछि अध्ययन संस्थान बन्ने बाटो खुलेको हो । संस्थानलाई बाल रोगका विभिन्न विधामा उच्च शिक्षा अध्ययन गर्ने उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न अवधारणा बनाई मन्त्रालयमा पेस गरिएको छ ।

यस अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डा. प्रकाश जोशीले बाल अध्ययन स्वास्थ्य संस्थानमा विकास गर्ने लक्ष्यअनुरूप आउँदो वर्षदेखि एमडी अध्ययन सुरु गर्ने बताउनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष १६ जनालाई एमडी पेडियाट्रिक्स अध्यापन गराइने योजना छ ।

यो पनि पढ्नुहोस

मोबाइल पत्रकारिताको सुअवसर : आवाज विहीनहरूको आवाज बन्दै – आगमन खबर

अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले कान्ति अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गर्ने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिनुभयो । सरकारले २०४२ सालमा बाल स्वास्थ्य अध्ययन संस्थानका लागि मुआब्जा दिई जग्गा अधिग्रहण गरेको थियो । हाल ३५ रोपनी जग्गा बाल स्वास्थ्य अध्ययन संस्थानका लागि छुट्ट्याइएको छ ।

अस्पतालका अनुसार २०५२ सालमा अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गर्न विभिन्न समिति बनाई प्रतिवेदन तयार भएको थियो तर कार्यान्वयन भएन । डा. पौडेलले भन्नुभयो, “बाल स्वास्थ्य अध्ययन संस्थान बन्ने क्रम अगाडि बढ्यो । ” अस्पतालका सर्जरी विभाग प्रमुख डा. मुकुन्द बस्नेतले अध्ययन संस्थान बनेपछि कान्ति अस्पतालको हालको चाप व्यवस्थापन गर्न सहज हुने बताउनुभयो ।

अस्पतालमा हाल बाल चिकित्सा, बाल शल्य चिकित्सा, नवजात शिशु सेवा, ईएनटी, अर्थोपेडिक सेवा, डर्माटोलोजी, दन्त चिकित्सा, एनेस्थेसिया, रेडियोलोजी, अन्कोलोजी, फिजियोथेरापी, प्याथोलोजी र नर्सिङ सेवा उपलब्ध छन् । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …