तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा भएको दुर्घटनाबारे छानबिन गर्न गठित टोलीले सुरुङको ढोका बन्द गर्न लगाइएको नटबोल्टमा समस्या आएका कारण सो दुर्घटना भएको प्रारम्भिक जानकारी पाइएको जनाएको छ । 

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको समयोजकत्वमा गठित विज्ञहरूसहितको समितिले आजैबाट स्थलगत अध्ययन सुरु गरेको छ । सात दिनभित्र प्रतिवेदन दिन गठित समितिका संयोजक दवाडीले भन्नुभयो हामीले ठूलै क्षति भएको छ कि भन्ने सोचेका थियौँ तर सो घटनामा सुरुङमा कुनै क्षति भएको पाइएन ।

उहाँले भन्नुभयाे मेलम्चीको मुख्य सुरुङपछि कुनै मर्मत गर्नुपरेमा गाडीसमेत जान सक्ने गरी बनाइएको एक्सेस सुरुङको घरको एक पल्ला भएको ढोकाजस्तै फलामको खापा रहेको र एकातर्फ कब्जाहरू रहेको अर्कातर्फ ३० वटा नटबोल्टले टाइट गरिएको रहेछ । त्यसमा पानीको प्रेसरले बोल्टहरू स्लिप भएर ढोका खुलेको देखियो । ढोकाको पल्ला पनि जस्ताको तस्तै छ । खाली नटले काम नगरेको पाइयो ।

टोलीले स्थलगत अध्ययन गर्नुका साथै डिजाइनहरू पनि जाँच गरी प्रतिवेदन तयार पार्नेछ । सो सुरुङको ढोका भारतीय कम्पनीले निर्माण गरेको र त्यसलाई डेनिस कम्पनीले पास गरेको थियो । परीक्षणका क्रममा मङ्गलबार सुरुङको १७ नम्बर ढोका एक्कासि खुल्दा पानीले बगाएर दुई जना घाइते भएका थिए भने एक जनाको मृत्यु भएको छ र अर्का एक जना अझै बेपत्ता छन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …