तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीको भगवान रामको जन्म नेपालको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि चर्चा आएको चितवनको माडी अयोध्यापुरीमा पुरातत्त्व विभागले अनुसन्धान गर्ने भएको छ । पर्सा र चितवनको ठोरीनजिकै रामको जन्म भएको भनिए पनि चितवनको माडी क्षेत्रमा नै सयौँ वर्ष पुराना भौतिक सामग्री रहेकाले यहीँ हुनसक्ने यहाँका स्थानीयले बताएका छन् ।

माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले अयोध्यापुरी क्षेत्रको अनुसन्धान गर्न पुरातत्त्व विभागको टोलीले शुक्रबारबाट काम थाल्ने जानकारी दिनुभयो । टोली बिहीबार चितवन आइपुगेको र शुक्रबारबाट सम्भावित क्षेत्रको अनुसन्धानमा लाग्ने जानकारी पाएको बताउनुभयो ।

रामको जन्म माडी क्षेत्रमा हुन सक्ने प्रमाणहरू छन्’ उहाँले भन्नुभयो । नगरपालिकाको वडा नं. १ वाल्मिकी क्षेत्रमा लवकुशको घोडा बाँध्ने स्थान, कुवा, सीता पाताल भासिएको स्थान, लवकुश खेल्ने स्थान, त्यहाँ भेटिएको प्रमाणहरू र धार्मिक ग्रन्थमा उल्लेख भएका विषय मिल्ने गरेको नगरपालिका प्रमुख ढकालले बताउनुभयो ।

अयोध्यापुरीमा पुराना इटाका टुक्रा, ढुङ्गा, माटो लगायतले केही वस्तु भएको देखाउने यहाँका स्थानीय श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो । विषय चर्चामा आएकाले वास्तविक अवस्था के हो भन्नका लागि अनुसन्धान आवश्यक छ उहाँले भन्नुभयो ।

यसैबीच माडी नगरपालिकाका प्रमुखले संस्कृतमा आचार्य गरेकाहरूसँग बिहीबार छलफल गर्नुभएको छ । संस्कृतका विज्ञ, धार्मिक विषयमा ज्ञान भएकाहरूसँगको छलफलले भारतमा भएको आयोध्या पनि विवादमा रहेकाले त्यसैलाई आधिकारिक मान्न नसक्ने बताएको प्रमुख ढकालले बताउनुभयो । अयोध्यापुरीको विषयमा जानकारी लिन आउनेहरूलाई सही सूचना दिनको लागि तत्कालीन गाविस अध्यक्ष नारदमणि पौडेलको अध्यक्षतामा समिति गठन भएको छ । माडी नगरपालिकाको वडा नं.८ मा पर्ने आयोध्यापुरी क्षेत्रमा हेर्नको लागि जिल्लाबाहिरबाट पनि आउन थालेको नगरपालिकाले जानकारी दिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …