तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशील सुबेदी

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गभित्रको गेट फुटेर क्षतिग्रस्त हेर्डवक्सस्थल, अडिटजस्ता संरचना जाँचबुझका लागि विज्ञ, प्राविधिकको टोली पुगेको छ ।

खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा बनेको प्राविधिक र छानबिन टोली बिहीबारमात्रै पुगेको हो । टोलीमा ३ जना आयोजना विज्ञ, ३ जना प्राविधिक कर्मचारी रहेका छन् । टोलीले बिहीबार दिउँसो हेलम्बु गाउँपालिका १ अम्बाथानमा रहेको मुहानस्थलमा निरीक्षण गर्दै सुरुङभित्र पस्न आन्तरिक बैठक तथा छलफलमा लागेका छन् । छलफल सकेर सुरुङभित्रको ३ सय मिटरसम्म सम्पूर्ण प्राविधिक अवस्था नियाल्ने तयारी रहेको एक प्राविधिकले बताए ।

सुरुङभित्रको अवस्था जोखिमपूर्ण अवस्था भएमा सेन्सर या अन्य प्रविधिबाट भित्रैसम्म निरीक्षण गरिने योजना बनाइएको छ । ‘सहसचिव दुवाडीको नेतृत्वमा प्राविधिक तथा विज्ञको टिम मुहानस्थलमा नै पुगिसकेको छ, बिहीबारको प्राविधिक अनुमगन र अनुसन्धानपछि मात्रै यथार्थ विवरण खुल्नेछ,’ मेलम्ची खानेपानी आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले भने । उनका अनुसार सुन्दरीजल पुग्ने मेलम्चीको मुख्य (सुरुङ २७ किलोमिटर)सँग जोडिएको अम्बाथान अडिटको (गेट नम्बर १७) फुटेर फर्किएको पानीबारे विज्ञ र प्राविधिकले नियाल्नेछन् ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा अम्बाथान अडिटमा रहेको मुख्य गेट (गेट नम्बर १७) का महत्वपूर्ण गेट ग्याल्थुम, सुन्दरीजल, सिन्धुमा गरी चार वटा बनाइएका छन् । अम्बाथान अडिट एक किलोमिटरको दुरीमै मुख्य सुरुङ २७ किलोमिटरसम्म जोडिने उनले जनाए ।

मंगलबार मध्यान्ह एक्कासी गेट नम्बर १७ फुटेर अम्बाथान् अडिटबाट निस्किएको पानीले दुई बेपत्ता र दुई जनालाई घाइते बनाएको थियो । बेपत्ता भएकामध्ये बुधबार दिउँसो इन्द्रावती खोलाको बाहुनेपाटीमा जनकपुरका इन्जिनियर सतिश गोहितको शव फेला परेको प्रहरीले जनाएको छ । उनका अनुसार आयोजनामा कार्यरत कर्मचारी सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापामगर भने अझै बेपत्ता छन् ।

बाढीले घाइते भएका साइट इन्जिनियर शेखर खनालसहित सब हेल्पर पेम्बा लामा काठमाडौंको ग्रान्डी हस्पिटल उपचाररत छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …