तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशील सुबेदी

मेलम्ची खानेपानी आयोजनाको गेट फुटेर बेपत्ताको खोजीमा गएको सशस्त्र प्रहरीको डुंगा दुर्घटना हुँदा एक जना घाइते भएका छन् । विपद् उद्धार नम्बर २० गण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षक नन्दकिशोर महतोको कमाण्डमा खटिएको टोली चढेको बोट पल्टिँदा प्रहरी जवान रामजी भण्डारी सामान्य घाइते भएका हुन् ।

उनको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

बोट पल्टिएपछि उनीहरु सय मिटर परसम्म बगेको प्रहरी निरीक्षक तामाङले बताए । बोटमा रहेका ७ जनामध्ये ५ जना पौडिएर बाहिर आएको र दुई जना नदीको बीचमा रहेको उनले बताए । उनीहरु सकुशल रहेको उद्धार भइरहेको उनले जानकारी दिए ।

मंगलबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको अम्बाथान अडिटको गेट नम्बर १७ फुट्दा निस्किएको पानीले दुई बेपत्ता र दुई जनालाई घाइते बनाएको थियो । बेपत्ता भएका जनकपुरका इन्जिनियर सतिश गोहितको शव बुधबार दिउँसो इन्द्रावती खोलाको बाहुनेपाटीमा फेला परेको थियो । जसमध्ये आयोजनामा कार्यरत कर्मचारी सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापामगर भने अझै बेपत्ता छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …