तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशील सुबेदी

सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा बुधबार राति पहिरोमा पुरिएका ५ जना मध्ये १ जनाको शव बगाएको घरछेउमै फेला परेको छ ।

राति १ बजेतिर खकुन्डोलमाथिबाट आएको पहिरोले दुई घर बगाएकोमा एकै परिवारका पाँच जना बेपत्ता भएका थिए । एक जनाको शव भेटिएको तर पहिचान भइन सकेको छैन गाउपालिका उपाध्याक्ष दाबुटी शेर्पालेबताए । शेर्पाका अनुसार बेपत्ता हुनेमा स्थानीय ग्याल्जेन शेर्पाकाे परिवारका १६ वर्षीया याङ्जी शेर्पा, १४ वर्षीया छिरिङवाङ्मु शेर्पा, ७५ वर्षीया सुमबुट्टी शेर्पा, ३५ वर्षीया साङ्बु शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा छन् । ग्याल्जेन भने राजधानीमा सवारी चलाउने पेसामा रहेकाले घटनाका बेला घरमा थिएनन् ।

स्थानीयका अनुसार राति पहिरो खसेको आवाजसँगै वरिपरिको बस्ती थर्किएको थियो । पहिरोले फुल्पिङकट्टीकै नोर्साङ शेर्पाको घर बगाउनुका साथै पञ्चकन्या आधारभूत विद्यालयमा समेत क्षति पुर्‍याएको छ । स्थानीय, जनप्रतिनिधि र सुरक्षाकर्मी मिलेर बेपत्ता अन्य ४ जनाको खोजी गरिरहेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …