तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशील सुबेदी

श्रावण १ बिहीबार -केही दिनदेखि लगातार परेको अविरल वर्षाले सिन्धुपाल्चोकको भोटेकोसी गाउपालिका ४ फ़ुल्पिङ्गकट्टीमा बुधबार राती गएको पहिरोले २ वटा घर बगाएको छ सोहि घरमा रहेका ५ जना बेपत्ता भएका छन् गाउ पालिका उपाध्याक्ष दाबुटी शेर्पाले आगमन खबरलाई जानकारी दिए।

पहिरोमा परी फुल्पिङकट्टी गाउँकै ग्याल्जेन शेर्पाको परिवारका ५ जना सदस्य बेपत्ता भएका छन् । फुल्पिङकट्टीकै स्थानीय नोर्साङ शेर्पाको घरसहित पञ्चकन्या आधारभूत विद्यालय पनि पहिरोमा परी भत्किएको शेर्पाले जानकारी दिए ।

बुधबार राती गएको पहिरोले २ वटा घर पूर्ण रुपमा बगाउदा ५ जना बेपत्ता भएको खबर आउनसाथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक बाट उद्दारका लागि खटिएको टोलि केही दिनअघि भोटेकोसीमा आएको बाढी र पहिरोका कारण कोदारी राजमार्ग क्षतविक्षत साथै नदीको सतह बढेका कारण उद्धारका लागि सुरक्षाकर्मी घटनास्थल पुग्न गाह्रो भइरहेको छ । अहिले स्थानीय र जनप्रतिनिधि मिलेर बेपत्ताको खोजी गरिरहेका छन् प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …