तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशिल सुबेदी

मेलम्ची खानेपानी आयोजनाको सुरुङको गेट फुट्दा आएको बाढीले बगाएक इन्जिनियर सतिश गोहित मृत भेटिएका छन्। मेलम्ची नगरपालिका ११ स्थित पाल्चोकी क्रसर उद्योग नजिक इन्जिनियर गोहितको शव भेटिएको  ईलाका प्रहरी  कार्यालय  मेलम्चीका प्रहरी निरीक्षक फल बाहादुर तामाङले बताए।

मंगलबार सुरुङ फुटेर पानी फर्कंदा सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिस गोहितलाई बगाएको थियो सुरुङको १७ नम्बरको गेट फुट्दा काठमाडौं जानुपर्ने पानी मेलम्ची खानेपानीको मुहानतर्फ नै फर्कदा उनिहरुलाई  बगाएको हो।

मेलम्ची नदीले बगाएको चारमध्ये दुई जनालाई मंगलबार घाइते अवस्थामा भेटिएको घिमिरेले बताए। घाइतेद्वय शेखर खनाल र दावा लामालाई उद्धार गरी काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भै रहेको छ ।

मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेको थियो।

अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगरको खोजी जारी नै छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …